عَنْ عَبْدِ اللهِ بْنِ مُغَفَّلٍ رضي الله عنه قَالَ: قَالَ النَّبِيُّ صلى الله عليه وسلم:
«بَيْنَ كُلِّ أَذَانَيْنِ صَلَاةٌ، بَيْنَ كُلِّ أَذَانَيْنِ صَلَاةٌ» ثُمَّ قَالَ فِي الثَّالِثَةِ: «لِمَنْ شَاءَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 627]
المزيــد ...

अब्दुल्लाह बिन मोगफ्फल (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ। त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: 'यो उसको लागि हो जसले पढ्न चाहन्छ ।'"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 627]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रत्येक अजान र इकमात बीच एक नफल (स्वैच्छिक नमाज) छ भनेर बताउनुभएको छ । उहाँले यो वाक्य तीन पटक दोहोर्याउनु भयो । तेस्रो पटक उहाँले नमाज पढ्न चाहने व्यक्तिको लागि यो मुस्तहब हो भन्नुभयो ।

हदीसका केही फाइदाहरू

  1. अजान र इकामतको बीचमा नमाज पढ्नु मुस्तहब हो ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना कुरालाई प्रायः दोहोर्याउनुहुन्थ्यो, ताकि श्रोताहरूले राम्ररी सुन्न सकून् र उक्त कुराप्रति ध्यानाकर्षण होस्।
  3. ‘दुई अजान’ भनेको को अजान र इकमत हो। यहाँ भाषागत शैलीका आधारमा दुवैलाई सामूहिक रूपमा ‘अजान’ भनिएको छ। यो त्यसरी नै हो, जसरी ‘कमरैन’ (दुई चन्द्रमा) शब्दले सूर्य र चन्द्रमालाई जनाउँछ, तथा ‘उमरैन’ (दुई उमर) शब्दले अबू बकर र उमर (रजी.) लाई सङ्केत गर्दछ।
  4. अजान नमाजको समय प्रवेश भएको सूचनाका लागि हो, र इक़ामत नमाजको कार्य सुरु हुन लागेको सूचनाका लागि हो।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू इन्डोनेसिया थप (49)
थप