عَنْ عَبْدِ اللهِ بْنِ مُغَفَّلٍ رضي الله عنه قَالَ: قَالَ النَّبِيُّ صلى الله عليه وسلم:
«بَيْنَ كُلِّ أَذَانَيْنِ صَلَاةٌ، بَيْنَ كُلِّ أَذَانَيْنِ صَلَاةٌ» ثُمَّ قَالَ فِي الثَّالِثَةِ: «لِمَنْ شَاءَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 627]
المزيــد ...

अब्दुल्लाह बिन मोगफ्फल (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ। त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: 'यो उसको लागि हो जसले पढ्न चाहन्छ ।'"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 627]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रत्येक अजान र इकमात बीच एक नफल (स्वैच्छिक नमाज) छ भनेर बताउनुभएको छ । उहाँले यो वाक्य तीन पटक दोहोर्याउनु भयो । तेस्रो पटक उहाँले नमाज पढ्न चाहने व्यक्तिको लागि यो मुस्तहब हो भन्नुभयो ।

हदीसका केही फाइदाहरू

  1. अजान र इकामतको बीचमा नमाज पढ्नु मुस्तहब हो ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना कुरालाई प्रायः दोहोर्याउनुहुन्थ्यो, ताकि श्रोताहरूले राम्ररी सुन्न सकून् र उक्त कुराप्रति ध्यानाकर्षण होस्।
  3. ‘दुई अजान’ भनेको को अजान र इकमत हो। यहाँ भाषागत शैलीका आधारमा दुवैलाई सामूहिक रूपमा ‘अजान’ भनिएको छ। यो त्यसरी नै हो, जसरी ‘कमरैन’ (दुई चन्द्रमा) शब्दले सूर्य र चन्द्रमालाई जनाउँछ, तथा ‘उमरैन’ (दुई उमर) शब्दले अबू बकर र उमर (रजी.) लाई सङ्केत गर्दछ।
  4. अजान नमाजको समय प्रवेश भएको सूचनाका लागि हो, र इक़ामत नमाजको कार्य सुरु हुन लागेको सूचनाका लागि हो।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप