+ -

عن عمر بن الخطاب رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«إِذَا قَالَ الْمُؤَذِّنُ: اللهُ أَكْبَرُ اللهُ أَكْبَرُ، فَقَالَ أَحَدُكُمُ: اللهُ أَكْبَرُ اللهُ أَكْبَرُ، ثُمَّ قَالَ: أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ، قَالَ: أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ، ثُمَّ قَالَ: أَشْهَدُ أَنَّ مُحَمَّدًا رَسُولُ اللهِ، قَالَ: أَشْهَدُ أَنَّ مُحَمَّدًا رَسُولُ اللهِ، ثُمَّ قَالَ: حَيَّ عَلَى الصَّلَاةِ، قَالَ: لَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللهِ، ثُمَّ قَالَ: حَيَّ عَلَى الْفَلَاحِ، قَالَ: لَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللهِ، ثُمَّ قَالَ: اللهُ أَكْبَرُ اللهُ أَكْبَرُ، قَالَ: اللهُ أَكْبَرُ اللهُ أَكْبَرُ، ثُمَّ قَالَ: لَا إِلَهَ إِلَّا اللهُ، قَالَ: لَا إِلَهَ إِلَّا اللهُ مِنْ قَلْبِهِ دَخَلَ الْجَنَّةَ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ, मुअज्जिनले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ र उसले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ । मुअज्जिनले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ र उसले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (हय्य अलस्सलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ, त्यसपछि मुअज्जिनले (हय्य अलल्फलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ । त्यसपछि मुएज्जिनले (अल्लाहू अक्बर, अल्लाहू अक्बर) भन्छ र उसले (अल्लाहू अक्बर, अल्लाहु अक्बर) भन्छ । त्यसपछि मुअज्जिनले (ला इलाह इल्लल्लाह) भन्छ र उसले साँचो हृदयले (ला इलाह इल्लल्लाह) भन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

अजान भनेको मानिसहरूलाई सलाह (प्रार्थना) को समय आरम्भ भयो भनेर जानकारी दिने हो । अजानका शब्दहरू वास्तवमा तौहीद र आस्था प्रदर्शन गर्ने उत्कृष्ट शब्दहरू हुन् ।
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अजान सुन्दा के गर्नुपर्छ भनेर स्पष्ट पार्नुभएको छ । अजान सुन्ने व्यक्तिले मुअज्जिन (अजान दिने व्यक्ति) ले भनेको कुरा उसको पछि-पछि दोहोर्याउनु पर्छ, जस्तै मुअज्जिनले "अल्लाहु अकबर" भनेपछि श्रोताले "अल्लाहु अकबर" भन्नुपर्छ र अन्य वाक्यहरू पनि सोही तरिकाले दोहोर्याउनु पर्छ । तर जब मुअज्जिनले (हय्य अलस्सलाह)(हय्य अलल्फलाह) भन्छ, श्रोताले यसको जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्नुपर्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले आफ्नो हृदयबाट इमान्दारीपूर्वक अजानको जवाफ दिन्छ, उसले स्वर्गमा प्रवेश गर्नेछ ।
अजानका शब्दहरूको अर्थ: "अल्लाहु अकबर" : अल्लाह सबै भन्दा महान, ठूलो र अत्यधिक शक्तिशाली हुनुहुन्छ ।
"अश्हदु अल्ला इलाह इल्लल्लाह" : म गवाही दिन्छु अल्लाह बाहेक कोही सत्य ईश्वर छैन ।
"अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह" : म स्वीकार गर्छु र आफ्नो जिब्रो र हृदयले गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहद्वारा पठाईएको रसूल (दूत) हुनुहुन्छ र उहाँको आज्ञापालन अनिवार्य छ ।
"हय्य अलस्सलाह" को अर्थ भनेको सलाह (प्रार्थना) को लागि आउनुहोस् हो । जबकि श्रोताको भनाइ "ला हौल वला कुव्वत इल्लाह बिल्लाह" को अर्थ अल्लाहको सहायता बिना प्रार्थना गर्न अवरोधहरू हटाउने कुनै उपाय छैन । हो, अल्लाहको अनुग्रह बिना न उपासना गर्ने शक्ति छ न अरू केही गर्न बल ।
"हय्य अलल्फलाह" को अर्थ सफलताको लागि आउनुहोस् हो । वास्तवमा सफलता भनेको स्वर्ग प्राप्ति र नर्कबाट मुक्ति हो ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मुअज्जिनलाई जवाफ दिने पुण्य । अजान सुन्ने व्यक्तिले मुअज्जिनले भनेको कुरा उसको पछि-पछि दोहोर्याउनु पर्छ, तर (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) को जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्नुपर्छ ।
थप