عن قيس بن عاصم رضي الله عنه قال:
أتيتُ النبيَّ صلى الله عليه وسلم أُريدُ الإسلامَ، فأَمَرَني أن أغتَسِلَ بماءٍ وسِدرٍ.

[صحيح] - [رواه أبو داود والترمذي والنسائي] - [سنن أبي داود: 355]
المزيــد ...

कैस् बिन आसिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।

[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 355]

व्याख्या

कैस् बिन आसिम (रजियल्लाहु अन्हु) इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए अनि उहाँले उनलाई पानी र बेरीको पातले नुहाउन आदेश दिनुभयो, किनकि बेरीका पातहरू सफा गर्न प्रयोग गरिन्छ साथै यसबाट मिठो बास्ना पनि आउँछ ।

हदीसका केही फाइदाहरू

  1. इस्लाम ग्रहण गर्दा गैर-मुस्लिमलाई नुहाउन शरीयतले आदेश दिएको छ ।
  2. इस्लाम एक सर्वोच्च धर्म हो, जसले शरीर र आत्मा दुवैको ख्याल राख्छ ।
  3. शुद्ध र पवित्र चीजहरू पानीमा मिसाउँदा त्यस पानीबाट पवित्रता हासिल गर्ने क्षमता गुम्दैन।
  4. सफाईको लागि प्रयोग गरिने आधुनिक वस्तुहरू, जस्तै साबुनलाई बेरी पातहरूको विकल्प मानिन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)