عَنْ عَائِشَةَ أُمِّ المؤمنين رضي الله عنها قَالَتْ:
كَانَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا اغْتَسَلَ مِنَ الجَنَابَةِ، غَسَلَ يَدَيْهِ، وَتَوَضَّأَ وُضُوءَهُ لِلصَّلاَةِ، ثُمَّ اغْتَسَلَ، ثُمَّ يُخَلِّلُ بِيَدِهِ شَعَرَهُ، حَتَّى إِذَا ظَنَّ أَنَّهُ قَدْ أَرْوَى بَشَرَتَهُ، أَفَاضَ عَلَيْهِ المَاءَ ثَلاَثَ مَرَّاتٍ، ثُمَّ غَسَلَ سَائِرَ جَسَدِهِ، وَقَالَتْ: كُنْتُ أَغْتَسِلُ أَنَا وَرَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مِنْ إِنَاءٍ وَاحِدٍ، نَغْرِفُ مِنْهُ جَمِيعًا.
[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 272]
المزيــد ...
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) ले गर्दा स्नान गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि स्नान गर्नुहुन्थ्यो । त्यसपछि पानी हालेर हातले कपाललाई राम्रोसँग मलेर जरासम्म पानी पुर्याउनु हुन्थ्यो र छाला भिजिसकेको पत्यार हुनसाथ आफुमाथि तीन पटक पानी खन्याएर पुरै शरीरलाई धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्नु हुन्छ: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।
[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 272]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) को स्नान गर्दा पहिले आफ्ना दुवै हात धुनुहुन्थ्यो । त्यसपछि उहाँले नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो । त्यसपछि आफ्नो शरीरमा पानी हाल्नुहुन्थ्यो। त्यसपछि आफ्नो दुवै हातले आफ्नो कपाललाई राम्ररी मलेर भित्रसम्म पानी पुर्याउनु हुन्थ्यो । कपालको जरासम्म पानी पुगेको र टाउको भिजेको महसुस हुँदा आफ्नो टाउकोमा तीन पटक पानी हालेर शरीरको बाँकी भाग धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्छिन्: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।