हदीसहरूको सूची

पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
عربي अंग्रेजी उर्दू
जुँगा लाई काट र दाह्री बढाउ" ।
عربي अंग्रेजी उर्दू
जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कसैले आफ्नो वुजू तोड्छ भने वुजू नगरुन्जेल अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न ।
عربي अंग्रेजी उर्दू
मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।
عربي अंग्रेजी उर्दू
जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ
عربي अंग्रेजी उर्दू
कुर्कुच्चालाई नरकको आगोबाट जोगाऊ, वुजूलाई पूरा गर।
عربي अंग्रेजी उर्दू
त्यसलाई छोड्देऊ; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
عربي अंग्रेजी उर्दू
यो एक प्रकारको रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।
عربي अंग्रेजी उर्दू
“जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस् र जसले इस्तिन्जा (ढुंगा आदिले शुद्धता प्राप्त) गर्छ, उसले विजोर सङ्ख्या प्रयोग गरोस्
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राती सुतेर ब्यूँझनुहुन्थ्यो, तब आफ्नो मुखलाई मिस्वाक (दतवन) ले सफा गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
जब तपाईं शौचालयमा जानुहुन्छ, तब किब्लातर्फ मुख वा पिठ्यूँ फर्काएर दिसापिसाब नगर्नुहोस्, बरु पूर्व वा पश्चिमतिर फर्केर गर्नुहोस् ।''
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्य अंगलाई समात्नु हुँदैन, दिसा गरिसकेपछि दाहिने हातले शौच (सफाई) गर्नु हुँदैन र (पानी खाँदा) भाँडोमा सास फेर्नु हुँदैन ।
عربي अंग्रेजी उर्दू
जब कुकुरले तिमीहरूमध्ये कसैको भाँडोबाट (केही) पिउँछ, उसले त्यो भाँडोलाई सात पटक धुनुपर्छ ।
عربي अंग्रेजी उर्दू
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।
عربي अंग्रेजी उर्दू
गुस्ल जनाबतको विधि
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले गुस्ल जनाबत गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि गुस्ल गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
मलाई अत्यधिक मजी (पिसाबको नलीबाट आउने तरल पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए
عربي अंग्रेजी उर्दू
तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह गर्नुभयो अर्थात् पुछ्नुभयो ।
عربي अंग्रेजी उर्दू
मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो घरमा प्रवेश गर्नुहुन्थ्यो भने उहाँ के बाट सुरु गर्नुहुन्थ्यो? उहाँले भन्नुभयो, 'मिस्वाक' बाट।
عربي अंग्रेजी उर्दू
शैतान तिमीहरू मध्ये कसैको गुद्दीमा ऊ सुतेको बेलामा तीन गाँठो लगाइ दिन्छ र हरेक गाँठोमा "अहिले रात लामो छ , सुत" भनेर गाँठो पार्छ ।
عربي अंग्रेजी उर्दू
जसले जुमा (शुक्रबार) को दिन जनाबत (यौनसम्बन्ध पछि) को स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले दानमा ऊँट दिए जस्तै हो
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्येको कोही जुमाको (शुक्रबार) नमाजका लागि आउँछ भने उसले नुहाएर आउनु ।
عربي अंग्रेजी उर्दू
त्यसको (समुद्रको) पानी पवित्र हुन्छ त्यसको मृत् ( माछा ) हलाल हुन्छन् ।
عربي अंग्रेजी उर्दू
जब पानी दुई कुल्ला ( दुई ठुला घैला) जति छ भने फोहोरले प्रभावित हुन दिँदैन ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कोही निद्राबाट बिउँझिन्छ, उसले तीन पटक नाक सफा गरोस्, किनभने शैतान रातभर उसको नाकमा बस्छ।
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले वुजू गर्यो र खुट्टामा नङको आकार बराबर सुक्खा ठाउँ छोड्यो । जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आँखा पर्यो उहाँले भन्नुभयो: "जाऊ, पहिला राम्रोसँग वुजू गरेर आउ ।" त्यसैले ऊ फर्कियो र त्यसपछि नमाज पढ्यो ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
जसले राम्रोसँग वुजू गर्छ र त्यसपछि तनमनका साथ उभिएर दुई रकात नमाज पढ्छ, उसको लागि स्वर्ग अनिवार्य हुन्छ ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कसैले वुजू गर्यो र खुफ लगायो भने, उसले तिनै खुफ लगाएर नमाज पढ्न सक्छ, अब तिनमा मसह (स्पर्श ) गर्दा भयो । त्यसपछि, यदि चाहयो भने (सिमित समय भित्र) नखोले हुन्छ, नुहाउनु पर्ने अवस्था बाहेक ।
عربي अंग्रेजी उर्दू
हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो वा पहेँलो रंगको पानीलाई केही मानेनौँ ।
عربي अंग्रेजी उर्दू
तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो त्यति दिनलाई महिनावारी ठानेर पर्ख अनि त्यसपछि नुहाउ
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।
عربي अंग्रेजी उर्दू
“जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”
عربي अंग्रेजी उर्दू
प्रत्येक मुस्लिमले हरेक सात दिनमा एक पटक नुहाउनु अनिवार्य हो, जसमा उसले आफ्नो टाउको र शरीर धुन्छ ।
عربي अंग्रेजी उर्दू
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
عربي अंग्रेजी उर्दू
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग उपस्थित थिएँ । उहाँ फोहोर फाल्ने ठाउँतिर जानुभयो र उभिएर पिसाब गर्नुभयो
عربي अंग्रेजी उर्दू
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।
عربي अंग्रेजी उर्दू