عَنْ أَنَسٍ رضي الله عنه قَألَ:
كَانَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا دَخَلَ الخَلاَءَ قَالَ: «اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ الخُبُثِ وَالخَبَائِثِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 142]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 142]

व्याख्या

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब शौच गर्न (पिसाब वा दिसाका लागि) कुनै ठाउँमा प्रवेश गर्न चाहनुहुन्थ्यो, उहाँले अल्लाहसँग पुरुष र महिला शैतानहरूको हानिबाट सुरक्षाको लागि शरण माग्नुहुन्थ्यो। यस दुआमा 'खुबुसि वल्-खबाइस्' शब्दलाई दुष्टता र अपवित्रताको रूपमा पनि व्याख्या गरिएको छ।

हदीसका केही फाइदाहरू

  1. शौचालयमा प्रवेश गर्दा माथि उल्लेखित दुआ पढ्नु मुस्तहब (पुण्यदायी) हो।
  2. सम्पूर्ण सृष्टिहरू सबै परिस्थितिहरूमा पीडादायी वा हानिकारक चीजहरूबाट जोगिन अल्लाहमा निर्भर छन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप