عَنْ أَبِي سَعِيدٍ الخُدْرِيِّ رضي الله عنه قَالَ:
كَانَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَشَدَّ حَيَاءً مِنَ العَذْرَاءِ فِي خِدْرِهَا، فَإِذَا رَأَى شَيْئًا يَكْرَهُهُ عَرَفْنَاهُ فِي وَجْهِهِ.
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6102]
المزيــد ...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
“नबी (सल्लल्लाहु अलैहि वसल्लम) पर्दाभित्र बस्ने कुमारी युवतीभन्दा पनि बढी लजालु हुनुहुन्थ्यो। उहाँले कुनै अप्रिय कुरा देख्नुहुन्थ्यो भने, त्यसको असर उहाँको मुहारमा स्पष्ट रूपमा झल्किन्थ्यो।”
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6102]
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) पुरुषहरूसँग नमिसिएकी, आफ्नो घरमा पर्दामा बस्ने एक अविवाहित युवती भन्दा बढी लजालु हुनुहुन्थ्यो । उहाँको अत्यधिक लजालु स्वभावको एउटा उदाहरण यो थियो कि जब उहाँलाई कुनै कुरा अप्रिय लाग्थ्यो भने उहाँले मुखले केही भन्नुहुन्नथ्यो, तर उहाँको मुहारको रङ र अवस्था परिवर्तन भइहाल्थ्यो। सहाबाहरू (रजियल्लाहु अन्हुम) उहाँको अनुहार हेरेरै बुझिहाल्थे कि यो कुरा उहाँलाई मन परेन।