हदीसहरूको सूची

“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया)
عربي अंग्रेजी उर्दू
हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो जुत्ता लगाउदा, आफ्नो कपाल कोर्दा, वुजू गर्दा यहाँसम्म आफ्नो सबै मामिलाहरूमा दायाँतिरबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
मैले कहिल्यै पनि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूरै मुटुबाट हाँसेको देखिनँ, यहाँसम्म कि मैले उहाँको लापीचा (घाँटी भित्रको मास भाग) देख्न सकूँ। उहाँ प्रायः मुस्कुराउनु हुन्थ्यो।
عربي अंग्रेजी उर्दू
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राती सुतेर ब्यूँझनुहुन्थ्यो, तब आफ्नो मुखलाई मिस्वाक (दतवन) ले सफा गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूलाई दज्जालको बारेमा यस्ता कुराहरू नबताऊँ, जुन कुनै पनि नबीले आफ्नो अनुयायीलाई भनेनन्? ऊ कानो हुनेछ, उसले स्वर्ग र नरक जस्तै ल्याउनेछ
عربي अंग्रेजी उर्दू
ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य पूज्य छैन), अरबको विनाश नजिकिएको छ, आज याजूज र माजूजको पर्खालमा यस्तो प्वाल परेको छ ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) पर्दामा बस्ने कुमारी केटी भन्दा धेरै लजालु (हयादार) हुनुहुन्थ्यो । यदि उहाँले कुनै अप्रिय कुरा देख्नुभयो भने, उहाँको अनुहारमा त्यसको झलक देखिन्थ्यो।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब नमाज पढ्नुहुन्थ्यो, उहाँले आफ्ना दुवै हात (सजदाको अवस्थामा) यति फराकिलो पार्नुहुन्थ्यो कि उहाँको काखको सेतोपन देखिन्थ्यो ।
عربي अंग्रेजी उर्दू
जब पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई आच्छ्यूँ आउँथ्यो, उहाँले आफ्नो हात -या आफ्नो कपडा- आफ्नो मुखमा राख्नुहुन्थ्यो र यसैसँग आफ्नो आवाजलाई दबाउनुहुन्थ्यो।”
عربي अंग्रेजी उर्दू
यदि म आफ्नो उम्मत (अनुयायीहरू)लाई कठिनाइमा पार्ने डर नभए, म उनीहरूलाई प्रत्येक नमाजको समयमा मिस्वाक (दाँत सफा) गर्ने आदेश दिन्थेँ।
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम, यदि अल्लाह तिम्रो माध्यमबाट एक जनालाई सही मार्गमा ल्याउनुभयो भने, त्यो तिमीलाई संसारकै उत्कृष्ट सम्पत्तिभन्दा पनि उत्तम हुनेछ।
عربي अंग्रेजी उर्दू
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडामा नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले छोप्थे र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबै मानिसहरू भन्दा बढी परोपकारी हुनुहुन्थ्यो । विशेष गरी रमजानको समयमा, जब जिब्रिल (अलैहिस्सलाम) उहाँलाई भेट्नुहुन्थ्यो।
عربي अंग्रेजी उर्दू
यदि कसैले मलाई सलाम गर्यो भने अल्लाह तआलाले म पनि उसको सलामको जवाफ दिऊँ भनेर मेरो प्राण मलाई फर्काइ दिनु हुन्छ ।
عربي अंग्रेजी उर्दू
४० वर्षको उमेरमा
عربي अंग्रेजी उर्दू