عن أبي هريرة رضي الله عنه قال:
كان رسولُ الله صلى الله عليه وسلم إذا عَطَس وضَعَ يَدَه -أو ثوبَهُ- على فيهِ، وخَفَضَ -أو غضَّ- بها صوتَهُ.

[صحيح] - [رواه أبو داود والترمذي وأحمد] - [سنن أبي داود: 5029]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”

[सही] - [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 5029]

व्याख्या

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई आच्छ्यूँ आउँथ्यो :
पहिले: उहाँ आफ्नो हात वा कपडा आफ्नो मुखमा राख्नुहुन्थ्यो; ताकि उहाँसँग बसेकाहरूलाई नराम्रो लाग्ने केही फोहोर मुख वा नाकबाट ननिस्कियोस् ।
दोस्रो: उहाँ आफ्नो आवाज कम गर्नुहुन्थ्यो ।

हदीसका केही फाइदाहरू

  1. यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को हाच्छ्युँ गर्ने तरिका र त्यस कुरामा उहाँको अनुसरण गर्ने कुरा वर्णित छ।
  2. हाछ्युँ गर्दा मुख र नाकमा कपडा वा रुमाल राख्नु पुण्यकारी हो, ताकि छेउमा बसेको व्यक्तिलाई हानि पुऱ्याउने कुरा बाहिर ननिस्कियोस्।
  3. हाछ्युँ गर्दा आवाज कम गर्नुपर्छ; किनभने यो पूर्ण शिष्टाचार र असल नैतिकताको पहिचान हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (52)
थप