+ -

عن أبي هريرة رضي الله عنه قال:
كان رسولُ الله صلى الله عليه وسلم إذا عَطَس وضَعَ يَدَه -أو ثوبَهُ- على فيهِ، وخَفَضَ -أو غضَّ- بها صوتَهُ.

[صحيح] - [رواه أبو داود والترمذي وأحمد] - [سنن أبي داود: 5029]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”

[सही] - [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 5029]

व्याख्या

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई आच्छ्यूँ आउँथ्यो :
पहिले: उहाँ आफ्नो हात वा कपडा आफ्नो मुखमा राख्नुहुन्थ्यो; ताकि उहाँसँग बसेकाहरूलाई नराम्रो लाग्ने केही फोहोर मुख वा नाकबाट ननिस्कियोस् ।
दोस्रो: उहाँ आफ्नो आवाज कम गर्नुहुन्थ्यो ।

हदीसका केही फाइदाहरू

  1. यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को हाच्छ्युँ गर्ने तरिका र त्यस कुरामा उहाँको अनुसरण गर्ने कुरा वर्णित छ।
  2. हाछ्युँ गर्दा मुख र नाकमा कपडा वा रुमाल राख्नु पुण्यकारी हो, ताकि छेउमा बसेको व्यक्तिलाई हानि पुऱ्याउने कुरा बाहिर ननिस्कियोस्।
  3. हाछ्युँ गर्दा आवाज कम गर्नुपर्छ; किनभने यो पूर्ण शिष्टाचार र असल नैतिकताको पहिचान हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप