हदीसहरूको सूची

एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।
عربي अंग्रेजी उर्दू
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कोही हाई निकाल्छ, उसले आफ्नो हातले मुख छोपेर त्यसलाई रोकोस, किनकि शैतान भित्र पस्छ।
عربي अंग्रेजी उर्दू
एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार हुन्छन्।" सोधियो: हे नबी! यी अधिकारहरू के हुन्? उहाँले भन्नुभयो: "जब तिमी उसलाई भेट्छौ, उसलाई सलाम (अभिवादन) गर, जब उसले तिमीलाई निम्तो दिन्छ, उसको निम्तो स्वीकार गर, जब उसले तिमीसँग सल्लाह माग्छ, उसलाई राम्रो सल्लाह देऊ, जब उसले हाच्छिउँ गर्छ र "अलहम्दुलिल्लाह" भन्छ, उसको जवाफ देऊ (यरहमुकल्लाह) भन, जब ऊ बिरामी हुन्छ, उसलाई भेट्न जाऊ र जब उसको निधन हुन्छ, उसको जनाजामा साथ देऊ।
عربي अंग्रेजी उर्दू