+ -

عن أبي هريرة رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«حَقُّ الْمُسْلِمِ عَلَى الْمُسْلِمِ خَمْسٌ: رَدُّ السَّلَامِ، وَعِيَادَةُ الْمَرِيضِ، وَاتِّبَاعُ الْجَنَائِزِ، وَإِجَابَةُ الدَّعْوَةِ، وَتَشْمِيتُ الْعَاطِسِ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमको अर्को मुस्लिमप्रति हुने केही अधिकारहरूको व्याख्या गर्नु भयो । पहिलो अधिकार : सलाम गर्ने व्यक्तिको सलामको जवाफ दिनु हो।
दोस्रो अधिकार : बिरामीलाई भेट्नु र उसको स्वास्थ्य अवस्था जान्नु हो।
तेस्रो अधिकार: अन्त्येष्टिक्रिया को लागि मृतकलाई उसको घरबाट जनाजा पढ्ने ठाउँ हुदै चिहानसम्म लैजानु र चिहानमा नपुरिए सम्म नफर्किनु ।
चौथो अधिकार: निमन्त्रणा स्वीकार गर्ने, जस्तैः वलीमा (विवाह भोज) आदिको निमन्त्रणा स्वीकार गर्ने हो।
पाँचौं अधिकार: हाछ्युँको जवाफ दिनु । अर्थात्, जब कुनै व्यक्तिले हाछ्युँ गर्दा ‘अल-हम्दु लिल्लाह’ भन्छ, तब जवाफमा उसले ‘यर-हमुकल्लाह’ भन्नुपर्छ, जसको जवाफमा हाछ्युँ गर्ने व्यक्तिले ‘यहदीकुमुल्लाह व युस्लिहु बालकुम’ भन्नुपर्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस हदीस बाट मुस्लिमहरूको पारस्परिक हक अधिकारलाई सुनिश्चित गर्न र तिनीहरू बीच भाइचारालाई सुदृढ बनाउन र एकआपसमा प्रेम सिर्जना गर्नमा इस्लामको महानता को पुष्टि हुन्छ ।
थप