عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«خَيْرُ يَوْمٍ طَلَعَتْ عَلَيْهِ الشَّمْسُ يَوْمُ الْجُمُعَةِ، فِيهِ خُلِقَ آدَمُ، وَفِيهِ أُدْخِلَ الْجَنَّةَ، وَفِيهِ أُخْرِجَ مِنْهَا، وَلَا تَقُومُ السَّاعَةُ إِلَّا فِي يَوْمِ الْجُمُعَةِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 854]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"उदय भएका दिनहरूमध्ये सबैभन्दा श्रेष्ठ दिन जुमाको दिन हो। यही दिन आदम (अलैहिस्सलाम) को सृष्टि गरियो, यही दिन उहाँलाई स्वर्गमा प्रवेश गराइयो, यही दिन उहाँलाई स्वर्गबाट निकालियो र कयामत पनि जुमाको दिनमा नै आउनेछ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 854]

व्याख्या

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सूर्य उदाउने सबै दिनहरूमध्ये शुक्रबारको दिन सबैभन्दा उत्तम तथा श्रेष्ठ दिन भएको कुरा बताउनुभएको छ। यस दिनका केही विशेषताहरूमध्ये यो हो कि अल्लाहले आदम (अलैहिस्सलाम) लाई त्यही दिन सृष्टि गर्नुभयो, त्यही दिन उनलाई स्वर्गमा प्रवेश गराउनुभयो, त्यही दिन उनलाई त्यहाँबाट निकालेर पृथ्वीतर्फ पठाउनुभयो र प्रलय पनि शुक्रवार बाहेक अन्य दिनमा आउने छैन।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा साताका अन्य दिनहरूमाथि शुक्रबारको श्रेष्ठता र महत्त्वलाई स्पष्ट गरिएको छ।
  2. जुमा (शुक्रबार) को दिन अत्यधिक सत्कर्म गर्न, अल्लाहको कृपा प्राप्त गर्न र सत्कर्मद्वारा उहाँको क्रोधबाट आफूलाई बचाउन प्रोत्साहन दिइएको छ।
  3. हदीसमा उल्लेखित शुक्रबारका यी विशेषताहरूका सम्बन्धमा विद्वानहरूका दुईवटा मत रहेका छन्:
  4. केही विद्वानहरूको भनाइ छ कि यी विशेषताहरू शुक्रबारको फजीलत (श्रेष्ठता) दर्शाउनका लागि होइनन्, किनकि आदम (अलैहिस्सलाम) लाई स्वर्गबाट निकालिनु र कियामत कायम हुनु कुनै फजीलत होइन।
  5. अर्को मत अनुसार, यी सबै कुराहरू शुक्रबारको फजीलत (श्रेष्ठता) दर्शाउँछन् किनकि आदम (अलैहिस्सलाम) को स्वर्गबाट पृथ्वीमा आगमन नै अगमवक्ता, रसूल र सदाचारी सन्ततिहरूको आगमनको कारण बन्यो, र कियामतको स्थापना नै असल मानिसहरूलाई छिट्टै प्रतिफल प्रदान गर्ने तथा अल्लाहले उनीहरूका लागि तयार पार्नुभएको सम्मान र आशीर्वाद प्राप्त गर्ने माध्यम हो।
  6. जुमा (शुक्रबार) का अन्य विशेषताहरू अर्को हदीसमा उल्लेख गरिएका छन्, जस्तै: त्यही दिन आदमको पश्चात्ताप स्वीकार गरियो, त्यही दिन उहाँको निधन भयो र जुमाको दिन एउटा यस्तो समय छ, जसमा कुनै पनि आस्थावान् भक्तले अल्लाहसँग केही माग्दा उहाँले त्यो प्रदान गर्नुहुन्छ।
  7. वर्षको सबैभन्दा उत्कृष्ट दिन अराफातको दिन हो। केही विद्वानहरूअनुसार सबैभन्दा उत्कृष्ट दिन 'कुर्बानी' को दिन हो। त्यसैगरी हप्ताको सबैभन्दा उत्कृष्ट दिन शुक्रबार हो र सबैभन्दा उत्कृष्ट रात लैलतुल-कद्र हो।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (52)
थप