श्रेणी: अकीदा .
+ -

عن عمر بن الخطاب رضي الله عنه قال:
بَيْنَمَا نَحْنُ عِنْدَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ ذَاتَ يَوْمٍ إِذْ طَلَعَ عَلَيْنَا رَجُلٌ شَدِيدُ بَيَاضِ الثِّيَابِ، شَدِيدُ سَوَادِ الشَّعَرِ، لَا يُرَى عَلَيْهِ أَثَرُ السَّفَرِ، وَلَا يَعْرِفُهُ مِنَّا أَحَدٌ، حَتَّى جَلَسَ إِلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَأَسْنَدَ رُكْبَتَيْهِ إِلَى رُكْبَتَيْهِ، وَوَضَعَ كَفَّيْهِ عَلَى فَخِذَيْهِ، وَقَالَ: يَا مُحَمَّدُ، أَخْبِرْنِي عَنِ الْإِسْلَامِ، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «الْإِسْلَامُ أَنْ تَشْهَدَ أَنْ لَا إِلَهَ إِلَّا اللهُ، وَأَنَّ مُحَمَّدًا رَسُولُ اللهِ، وَتُقِيمَ الصَّلَاةَ، وَتُؤْتِيَ الزَّكَاةَ، وَتَصُومَ رَمَضَانَ، وَتَحُجَّ الْبَيْتَ إِنِ اسْتَطَعْتَ إِلَيْهِ سَبِيلًا» قَالَ: صَدَقْتَ، قَالَ: فَعَجِبْنَا لَهُ، يَسْأَلُهُ وَيُصَدِّقُهُ، قَالَ: فَأَخْبِرْنِي عَنِ الْإِيمَانِ، قَالَ: «أَنْ تُؤْمِنَ بِاللهِ، وَمَلَائِكَتِهِ، وَكُتُبِهِ، وَرُسُلِهِ، وَالْيَوْمِ الْآخِرِ، وَتُؤْمِنَ بِالْقَدَرِ خَيْرِهِ وَشَرِّهِ» قَالَ: صَدَقْتَ، قَالَ: فَأَخْبِرْنِي عَنِ الْإِحْسَانِ، قَالَ: «أَنْ تَعْبُدَ اللهَ كَأَنَّكَ تَرَاهُ، فَإِنْ لَمْ تَكُنْ تَرَاهُ فَإِنَّهُ يَرَاكَ» قَالَ: فَأَخْبِرْنِي عَنِ السَّاعَةِ، قَالَ: «مَا الْمَسْؤُولُ عَنْهَا بِأَعْلَمَ مِنَ السَّائِلِ» قَالَ: فَأَخْبِرْنِي عَنْ أَمَارَتِهَا، قَالَ: «أَنْ تَلِدَ الْأَمَةُ رَبَّتَهَا، وَأَنْ تَرَى الْحُفَاةَ الْعُرَاةَ الْعَالَةَ رِعَاءَ الشَّاءِ يَتَطَاوَلُونَ فِي الْبُنْيَانِ» قَالَ: ثُمَّ انْطَلَقَ، فَلَبِثْتُ مَلِيًّا ثُمَّ قَالَ لِي: «يَا عُمَرُ، أَتَدْرِي مَنِ السَّائِلُ؟» قُلْتُ: اللهُ وَرَسُولُهُ أَعْلَمُ، قَالَ: «فَإِنَّهُ جِبْرِيلُ، أَتَاكُمْ يُعَلِّمُكُمْ دِينَكُمْ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् :
"एक दिन हामी अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौं, अचानक एक जना मानिस देखा पर्‍यो, उनको लुगा धेरै सेतो र कपाल धेरै कालो थियो । उनको शरीरमा यात्राको कुनै प्रभाव देखिएन र हामी मध्ये कसैले पनि उनलाई चिन्न सकेनौं । उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बसे र आफ्नो घुँडालाई उहाँको घुँडामा जोडेर आफ्नो दुवै हत्केला उहाँको तिघ्रामा राखे र प्रश्न सोधे: ए मुहम्मद! मलाई इस्लामको बारेमा बताउनुहोस् ? तब अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो : "c2">“इस्लाम भनेको अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ भन्ने गवाही दिनु, सलाह कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरमा हज गर्नु हो ।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । हामी आश्चार्य चकित भयौं, यो कस्तो प्रकारको व्यक्ति हो, प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ । उनले फेरि सोधे : मलाई ईमानको बारेमा बताउनुहोस् ? उहाँले जवाफ दिनुभयो: "c2">“अल्लाह, उहाँका फरिश्ता (स्वर्गसन्देष्टा) हरू, उहाँका पुस्तकहरू, उहाँका रसूल (सन्देशवाहक) हरू र अन्तिम दिनमा विश्वास गर्नु तथा राम्रो नराम्रो भाग्य (तकदीर) मा विश्वास गर्नु भनेको ईमान हो ।”
उनले भने : हजुरले सही जवाफ दिनु भयो । उनले फेरि सोधे : मलाई एहसानको बारेमा बताउनुहोस् ? तब उहाँले ले जवाफ दिनुभयो: "अल्लाहको आराधना यसरी गर, मानौं तिमी उहाँलाई देख्दैछौ । यदि तिमी अल्लाहलाई देखेको कल्पना गर्न सक्दैनौ भने उहाँले तिमीलाई देखिरहनुभएको छ ।" उनले फेरि सोधे : कयामत कहिले आउँछ? उहाँले ले जवाफ दिनुभयो: "c2">“जोसँग प्रश्न सोधिएकोछ उ सोध्ने व्यक्ति भन्दा बढी जान्दैन ।” फेरि उनले सोधे : त्यसो भए कयामतको संकेतको बारेमा बताउनुहोस् ? उहाँले ले जवाफ दिनुभयो: "c2">“दासहरूले आफ्ना मालिकहरूलाई जन्म दिन थाल्नेछन्, खाली खुट्टा, नाङ्गो शरीर, गरिब र बाख्राका गोठालाहरू अग्लो-अग्लो महलहरूमा गर्व गर्नेछन् ।” त्यसपछि त्यो व्यक्ति गयो । केही क्षणपछि उहाँले मलाई सोध्नुभयो: ए उमर ! "c2">“तिमीलाई थाहा छ यो प्रश्न सोध्ने व्यक्ति को थियो?" मैले भने अल्लाह र उहाँको रसूल राम्रो जान्नुहुन्छ । उहाँले ले भन्नुभयो : उनी जिब्रील थिए, तिमीहरूलाई तिम्रो धर्म सिकाउन आएका थिए ।”
सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, जिब्रील (अलैहिस्सलाम) एक अपरिचित व्यक्तिको रूपमा सहाबा (साथी) हरू कहाँ आए । उनका केही विशेषताहरू भनेको उनको लुगा धेरै सेतो थियो र कपाल धेरै कालो थियो । उनको शरीरमा थकान, धुलो छरिएको कपाल र फोहोर लुगा जस्ता यात्राको कुनै प्रभाव देखिएन । त्यहाँ उपस्थित कसैले पनि उनलाई चिन्न सकेनन् । त्यतिबेला सहाबा (साथी) हरू अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा बसिरहेका थिए । उनी एक विद्यार्थी जस्तै उहाँको अगाडि बसे र त्यसपछि इस्लामको बारेमा प्रश्न गरे अनि उहाँले इस्लामको पाँच स्तम्भ; शहादह (दुवै गवाही), दैनिक पाँच सलाह (नमाज) को स्थापना, हकदार व्यक्तिहरूलाई जकात दिने, रमजान महिनाको रोजा राख्ने र सक्षम व्यक्तिले हज गर्ने ।
जवाफ सुनेपछि प्रश्नकर्ताले भने: तपाईंले सत्य बोल्नुभयो । यो देखेर सहाबा (साथी) हरू आश्चर्यचकित भए, उनले सोध्दा थाहा छैन भनेर देखाउँदछ, तर भनेको कुराको पुष्टि पनि गर्दै छ ।
त्यसपछि उनले उहाँलाई ईमानको बारेमा सोधे, उहाँले ईमानका छवटा निम्न स्तम्भहरूको बारेमा जवाफ दिनुभयो; अल्लाहको अस्तित्व र उहाँका गुणहरूमा विश्वास गर्नु, उहाँ सृष्टि लगायत हरेक कामहरूमा एक्लै हुनुहुन्छ र उहाँको मात्र उपासना गर्नु । अल्लाहले प्रकाशबाट सृष्टि गर्नुभएको फरिश्ता (स्वर्गदूत) हरू उहाँका आदरणीय सेवकहरू हुन्, जसले अल्लाहको अवज्ञा गर्दैनन् र उहाँका आदेशहरू पालना गर्छन् भनी विश्वास गर्नु । अल्लाहबाट पैगम्बरहरूका लागि पठाइएका आकाशीय ग्रन्थहरू जस्तै कुर्आन, तोराह र इन्जिल आदिमा आस्था राख्नु । त्यसैगरी सम्पूर्ण दूतहरूमा विश्वास राख्नु, जस्तैः नूह, इब्रहीम (अब्राहाम), मोशा, येशू तथा अन्य दूतहरू र अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वा सल्लम) हुनुहुन्छ । अन्तिम दिनमा विश्वास गर्नु, जसमा मृत्यु पछि बर्जख (चिहान) को जीवनमा विश्वास, साथै मृत्युपछि मानिस पुनरुत्थान हुनेछ र त्यसको लेखाजोखा हुनेछ र कर्म अनुसार वासस्थान; स्वर्ग वा नर्क हुने कुरामा विश्वास । अल्लाहले आफ्नो पूर्व ज्ञान र बुद्धि अनुसार सबै चीजहरू अघि नै लेखिनुभएको छ र पछि ती सबै चीजहरू उहाँको मनसाय र उहाँको भविष्यवाणी अनुसार हुन्छन् भन्ने तथ्यमा विश्वास राख्नु । त्यसपछि उनले एहसानको बारेमा सोधे, अनि उहाँले भन्नुभयो, एहसान भनेको अल्लाहलाई देखेको जस्तो गरी उपासना गर्नु, यदि यो बिन्दुमा पुग्न सक्दैन भने, अल्लाहले उसलाई हेर्दै हुनुहुन्छ सोचेर अल्लाहको उपासना गर्नु । यहाँ पहिलो स्थान दर्शन हो, जुन उच्च हो र दोस्रो स्थान मनमा ध्यान हो ।
त्यसपछि उनले कयामत कहिले आउँछ, सोधे ? अनि उहाँले जवाफमा भन्नुभयो, कयामतको ज्ञान ती चीजहरू मध्ये एक हो जसको ज्ञान अल्लाहले सुरक्षित राख्नुभएको छ । त्यसैले यसको बारेमा कसैलाई थाहा छैन । नत प्रश्न सोध्नेलाई, नत जवाफ दिनेलाई ।
त्यसपछि उनले कयामतका संकेतहरू बारे सोधे, अनि उहाँले जवाफ दिनुभयो, दास र तिनीहरूको गर्भबाट धेरै बच्चाहरू जन्मिनेछन् वा बच्चाहरू आफ्ना आमाहरूको धेरै अवज्ञाकारी हुनेछन् र उनीहरूलाई दासहरू जस्तै व्यवहार गर्नेछन् । अर्को चिन्ह के छ भने अन्तिम दिनहरूमा बाख्रा चराउने गोठाला र भिखारीहरूलाई ठूलो मात्रामा सम्पत्ति दिइनेछ र तिनीहरूले एकअर्कालाई आफ्नो सुन्दर र बलियो भवनहरूको बारेमा घमण्ड गर्नेछन् ।
अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, प्रश्न सोध्ने व्यक्ति जिबरील थिए, जो सहाबहरूलाई इस्लाम सिकाउन आएका थिए ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उच्च आचरण र आदर्श जीवन, उहाँ आफ्ना साथीहरू संगै घुलमिल भएर बस्नुहुन्थ्यो र उनीहरु पनि उहाँसंग बस्ने गर्थे ।
  2. प्रश्नकर्तासँग नम्रतापूर्वक व्यवहार गर्नुपर्छ र उसलाई आफ्नो नजिक बस्न दिने प्रेरणा, ताकि उसले बिना कुनै डर र हिचकिचाहट सोध्न सकोस् ।
  3. शिक्षकसँग शिष्ट व्यवहार गर्नुपर्छ, जसरी जिबरील रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि आदरपूर्वक बसेका थिए, ताकि उनी उहाँबाट ज्ञान प्राप्त गर्न सकून् ।
  4. इस्लामका पाँच स्तम्भहरू र ईमानका छवटा आधारहरू छन् ।
  5. जब इस्लाम र इमान दुबै शब्दहरू एकसाथ आउँछन्, तब इस्लामलाई बाह्य चीजहरूको सन्दर्भमा व्याख्या गरिनेछ र इमानलाई आन्तरिक चीजहरूको सन्दर्भमा व्याख्या गरिनेछ ।
  6. दीन (धर्म) का फरक-फरक स्तरहरू छन् । पहिलो : इस्लाम, दोस्रो : ईमान र तेस्रो : इहसान, जुन उच्चतम हो ।
  7. प्रश्न सोध्नेलाई ज्ञान हुँदैन र अज्ञानताका कारण प्रश्न सोध्नु स्वभाविक कुरा हो । त्यसैले उनको प्रश्न र उत्तरको पुष्टिले गर्दा साहबहरु छक्क परेका थिए ।
  8. कुराहरू वर्णन गर्दा सबैभन्दा महत्त्वपूर्णबाट सुरु गर्नुपर्छ । त्यसैले इस्लामको व्याख्या गर्दा दुवै गवाहीबाट सुरु गरिएको थियो र आस्थाको व्याख्या गर्दा अल्लाहमाथिको आस्थाबाट सुरु गरिएको थियो ।
  9. धर्मगुरु र विद्वानसँग यस्ता कुराहरू सोध्न सकिन्छ, जुन प्रश्नकर्तालाई थाहा छ, ताकि अरूलाई पनि थाहा होस् ।
  10. कयामत कहिले आउँछ भन्ने जानकारी अल्लाहले आफैसँग सुरक्षित राख्नु भएको छ ।
वर्गीकरण