+ -

عن عمر بن الخطاب رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«إِنَّمَا الْأَعْمَالُ بِالنِّيَّةِ، وَإِنَّمَا لِامْرِئٍ مَا نَوَى، فَمَنْ كَانَتْ هِجْرَتُهُ إِلَى اللهِ وَرَسُولِهِ، فَهِجْرَتُهُ إِلَى اللهِ وَرَسُولِهِ، وَمَنْ كَانَتْ هِجْرَتُهُ لِدُنْيَا يُصِيبُهَا أَوِ امْرَأَةٍ يَتَزَوَّجُهَا، فَهِجْرَتُهُ إِلَى مَا هَاجَرَ إِلَيْهِ». وفي لفظ للبخاري: «إِنَّمَا الْأَعْمَالُ بِالنِّيَّاتِ، وَإِنَّمَا لِكُلِّ امْرِئٍ مَا نَوَى».

[صحيح] - [متفق عليه]
المزيــد ...

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सबै कर्महरू नियतमा आधार हुन्छन् र व्यक्तिलाई उसको नियत अनुसार पुरस्कृत गरिनेछ । त्यसैले, जसको हिजरत (प्रवास) अल्लाह र उहाँका रसूलको लागि हो, उसको हिजरत अल्लाह र उहाँका रसूलको लागि हुनेछ । जसले संसार प्राप्ति वा कुनै महिलासँग विवाह गर्नको लागि हिजरत (प्रवास) गर्दछ, उसको हिजरत उसैको लागि हुनेछ ।" सही बुखारीमा यसरी उल्लेख छ: "सबै कार्यहरू इरादाहरूमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार पुरस्कृत गरिनेछ ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबै कार्यहरू नीयतहरूमा निर्भर हुन्छन् । यो नियम सबै पूजा र मामिलाहरूको लागि सामान्य छ । जसले आफ्नो कर्मबाट केही लाभ प्राप्त गर्न चाहन्छ उसले त्यो लाभ मात्र पाउँछ, पुरस्कार पाउँदैन । यसको विपरित, जसले आफ्नो कर्मद्वारा अल्लाहको निकटता प्राप्त गर्न चाहन्छ उसलाई उसको कर्मको प्रतिफल दिइन्छ, चाहे त्यो कार्य खाने र पिउने जस्तो साधारण कार्य होस् ।
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कार्यहरूमा नीयतको प्रभावलाई व्याख्या गर्न एउटा उदाहरण दिनुभयो, जसमा हामी देख्छौं, कार्यको बाहिरी रूप एउटै भए पनि परिणाम फरक छ । जसले अल्लाहको खुशी प्राप्त गर्न आफ्नो देश छोड्ने मनसाय राखेको छ, उसको प्रवास एक धार्मिक प्रवास हो र उसलाई उसको सही नियतको प्रतिफल दिइनेछ । तर जो व्यक्ति प्रवास गर्दा धन, पद, व्यापार र विवाह आदि सांसारिक लाभलाई ध्यानमा राख्छ, उसले प्राप्त गर्न चाहेको लाभ मात्र प्राप्त हुन्छ । राम्रो इनाम र भलाइ उसलाई प्राप्त हुँदैन ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. इखलासको प्रेरणा, किनकि अल्लाहले केवल ती कार्यहरू स्वीकार गर्नुहुन्छ जुन उहाँको खुशी प्राप्त गर्ने उद्देश्यले गरिन्छ ।
  2. यदि कुनै व्यक्तिले अल्लाहको निकटता प्राप्त गर्ने कार्यहरू आदतको रूपमा गर्छ भने, उसले कुनै प्रतिफल प्राप्त गर्दैन । जबसम्म उसले नीयत गर्दैन ।
थप