عَنْ أَبِي الحَوْرَاءِ السَّعْدِيِّ قَالَ: قُلْتُ لِلْحَسَنِ بْنِ عَلِيٍّ رضي الله عنهما: مَا حَفِظْتَ مِنْ رَسُولِ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ؟ قَالَ: حَفِظْتُ مِنْ رَسُولِ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«دَعْ مَا يَرِيبُكَ إِلَى مَا لاَ يَرِيبُكَ، فَإِنَّ الصِّدْقَ طُمَأْنِينَةٌ، وَإِنَّ الكَذِبَ رِيبَةٌ».
[صحيح] - [رواه الترمذي والنسائي وأحمد] - [سنن الترمذي: 2518]
المزيــد ...
अबू हौरा सअदी (रहिमहुल्लाह) द्वारा वर्णन छ: मैले हसन बिन अली (रजियल्लाहु अनहुमा) सित सोधेँ: तपाईँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को के कुरा याद राख्नु भएको छ ? उहाँले भन्नुभयो : मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित यो याद राखेको छु :
"जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी भनेको ढुक्क हुनु हो र झूट भनेको शंका हो।"
[सही] - [رواه الترمذي والنسائي وأحمد] - [सुनन् तिर्मिजी - 2518]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्ता कथन र कर्महरूबाट टाढा रहने आदेश दिनु भएको छ जसका बारेमा शंका लाग्छ, निषेधित छन् कि छैनन् ? हलाल हुन् वा हराम ? जबसम्म तिनीहरूको बारेमा कुनै शंका छैन । यस्तो कुरा अपनाउनु पर्छ जसको बारेमा तपाई यो राम्रो हो र हलाल हो भनेर निश्चित हुनुहुन्छ । किनकि हृदय यिनीहरूबाट ढुक्क रहन्छ र शान्त हुन्छ र जुन कुरामा शंका छ त्यसले हृदयलाई चिन्तित र विचलित बनाउँछ ।