عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«وَالَّذِي نَفْسِي بِيَدِهِ، لَيُوشِكَنَّ أَنْ يَنْزِلَ فِيكُمْ ابْنُ مَرْيَمَ حَكَمًا مُقْسِطًا، فَيَكْسِرَ الصَّلِيبَ، وَيَقْتُلَ الخِنْزِيرَ، وَيَضَعَ الجِزْيَةَ، وَيَفِيضَ المَالُ حَتَّى لاَ يَقْبَلَهُ أَحَدٌ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2222]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2222]

व्याख्या

नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाँदै भन्नुभएको छ कि, मानिसहरूबीच मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरिया (इस्लामी कानून) बमोजिम न्याय गर्नका लागि चाँडै नै ईसा (येशू अलैहिस्सलाम) को अवतरण हुनेछ। क्रिस्चियनहरूले सम्मान गर्ने क्रसलाई उहाँले भाँच्नुहुनेछ, र सुँगुरलाई मार्नु हुनेछ । जिजिया (कर) हटाउनेछन् र सबै मानिसहरूलाई इस्लाम धर्म स्वीकार गर्न आह्वान गर्नेछन् । त्यतिबेला धनको अत्यधिक प्रचुरता हुनेछ, प्रत्येक व्यक्तिसँग यति धेरै धन हुनेछ र यसमा यति बर्कत (वृद्धि) हुनेछ कि हरेक व्यक्ति आत्मनिर्भर हुनेछ र कोही पनि आर्कोको धन स्वीकार गर्न तयार हुने छैन।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा अन्तिम समयमा ईसा (अलैहिस्सलाम) को अवतरण हुने प्रमाण छ, र यो कयामतका प्रमुख चिन्हहरूमध्ये एक हो।
  2. यसबाट स्पष्ट हुन्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को शरीयत (विधान, कानुन) कुनै पनि शरीयत द्वारा रद्द हुनेछैन ।
  3. अन्तिम समयमा धनमा बर्कत (वृद्धि) हुनेछ र मानिसहरूको मनमा धनको लोभ हुने छैन ।
  4. यसमा इस्लाम धर्म सधैं कायम रहनेछ र ईसा (येशू अलैहिस्सलाम) ले अन्तिम समयमा त्यस अनुसार शासन गर्नुहुनेछ भन्ने शुभ समाचार छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (55)
थप