عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«وَالَّذِي نَفْسِي بِيَدِهِ، لَيُوشِكَنَّ أَنْ يَنْزِلَ فِيكُمْ ابْنُ مَرْيَمَ حَكَمًا مُقْسِطًا، فَيَكْسِرَ الصَّلِيبَ، وَيَقْتُلَ الخِنْزِيرَ، وَيَضَعَ الجِزْيَةَ، وَيَفِيضَ المَالُ حَتَّى لاَ يَقْبَلَهُ أَحَدٌ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2222]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2222]
नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाँदै भन्नुभएको छ कि, मानिसहरूबीच मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरिया (इस्लामी कानून) बमोजिम न्याय गर्नका लागि चाँडै नै ईसा (येशू अलैहिस्सलाम) को अवतरण हुनेछ। क्रिस्चियनहरूले सम्मान गर्ने क्रसलाई उहाँले भाँच्नुहुनेछ, र सुँगुरलाई मार्नु हुनेछ । जिजिया (कर) हटाउनेछन् र सबै मानिसहरूलाई इस्लाम धर्म स्वीकार गर्न आह्वान गर्नेछन् । त्यतिबेला धनको अत्यधिक प्रचुरता हुनेछ, प्रत्येक व्यक्तिसँग यति धेरै धन हुनेछ र यसमा यति बर्कत (वृद्धि) हुनेछ कि हरेक व्यक्ति आत्मनिर्भर हुनेछ र कोही पनि आर्कोको धन स्वीकार गर्न तयार हुने छैन।