उप-श्रेणीहरू

हदीसहरूको सूची

होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ
عربي अंग्रेजी उर्दू
यी दुवैलाई यातना दिइँदैछ र उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैन । तिनीहरूमध्ये एक पिसाबबाट बच्दैन्थे र अर्को चुक्ली गर्थे
عربي अंग्रेजी उर्दू
कियामत (महाप्रलय)का संकेतहरू मध्ये यो पनि हो कि; इल्म (ज्ञान) हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मादक पदार्थको सेवनमा वृद्धि हुनेछ, पुरुषहरू घट्ने छन् र महिलाहरू यति धेरै हुनेछन् कि पचास महिलाको एक व्यक्ति मात्र संरक्षक हुनेछ ।
عربي अंग्रेजी उर्दू
जबसम्म एक व्यक्ति अर्को मानिसको चिहानको छेउमा पुगेर 'काश म उसको ठाउँमा भएको भए' भन्दैन तब सम्म कयामत आउँदैन !
عربي अंग्रेजी उर्दू
जबसम्म तिमीहरु यहूदीहरूसँग युद्ध गर्दैनौ तबसम्म प्रलय आउँदैन, यहाँ सम्म कि ढुङ्गाले भन्नेछ: हे मुस्लिम! हेर, यो मेरो पछाडि लुकेको व्यक्ति यहूदी हो, यसलाई मार ।
عربي अंग्रेजी उर्दू
कसम (अल्लाहको) जसको हातमा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी शासकको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रुस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि कसैले स्वीकार गर्नेछैन ।
عربي अंग्रेजी उर्दू
सूर्य आफ्नो अस्ताउने स्थानबाट उदय नभएसम्म महाप्रलय स्थापित हुने छैन । जब मानिसहरूले सूर्य आफ्नो अस्ताउने ठाउँबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान लाउने छन्
عربي अंग्रेजी उर्दू
समय नजिक र संकुचित नहुन्जेल कयामत आउँदैन
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ
عربي अंग्रेजी उर्दू
मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले यस्ता कुराहरू बताउनेछन् जुन न त तिमीले न त तिम्रा पुर्खाले सुनेका थिए । त्यसैले तिनीहरुबाट एकदमै टाढा र होसियार रहनुपर्छ ।
عربي अंग्रेजी उर्दू