+ -

عَنِ البَرَاءِ بْنِ عَازِبٍ رضي الله عنه أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«المُسْلِمُ إِذَا سُئِلَ فِي القَبْرِ: يَشْهَدُ أَنْ لاَ إِلَهَ إِلَّا اللَّهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللَّهِ»، فَذَلِكَ قَوْلُهُ: {يُثَبِّتُ اللَّهُ الَّذِينَ آمَنُوا بِالقَوْلِ الثَّابِتِ فِي الحَيَاةِ الدُّنْيَا وَفِي الآخِرَةِ} [إبراهيم: 27].

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4699]
المزيــد ...

बरा इब्ने आजिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब मुस्लिमलाई चिहानमा प्रश्न गरिन्छ : उसले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भनेर गवाही दिनेछ ।" अल्लाहको भनाइ : “अल्लाहले मोमिनहरूलाई सत्य वचन (तौहीद) द्वारा लोक र परलोकमा दृढता प्रदान गर्नुहुन्छ ।” को यही मतलब हो । [सूरह इब्राहीम: २७]

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4699]

व्याख्या

मुमिनलाई चिहानमा प्रश्न सोधिनेछ । यसका लागि तोकिएका दुई स्वर्गदूतहरू; मुन्कर र नकीरले उसलाई सोध्नेछन् । धेरैजसो हदीसहरूमा यो नाम उल्लेख गरिएको छ । अतः उसले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भनेर गवाही दिनेछ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको भनाइ : 'सत्य बचन' द्वारा दृढता प्रदान गर्नुहुन्छ भन्ने कुराको यही मतलब हो भन्नुभएको छ । {अल्लाहले मोमिनहरूलाई सत्य वचन (तौहीद) द्वारा लोक र परलोकमा दृढता प्रदान गर्नुहुन्छ} [सूरह इब्राहीम: २७]

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया सोमाली रोमानियन ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. चिहानको प्रश्न सत्य हो ।
  2. अल्लाहले आफ्ना मुमिन सेवकहरूलाई यस संसार र परलोकमा दृढता प्रदान गरेको अनुग्रह ।
  3. एकेश्वरवादको गवाहीको र त्यसै अवस्थामा मृत्यु भएको श्रेष्ठता ।
  4. अल्लाहले मुमिनलाई दुनियाँ इमानमा अडिग रहन, सीधा बाटोमा हिँड्न, एकेश्वरवादमा मृत्यु हुन र चिहानमा दुई स्वर्गदूतहरूले सोध्दा दृढता प्रदान गर्नुहुन्छ ।
थप