عَنِ البَرَاءِ بْنِ عَازِبٍ رضي الله عنه أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«المُسْلِمُ إِذَا سُئِلَ فِي القَبْرِ: يَشْهَدُ أَنْ لاَ إِلَهَ إِلَّا اللَّهُ وَأَنَّ مُحَمَّدًا رَسُولُ اللَّهِ»، فَذَلِكَ قَوْلُهُ: {يُثَبِّتُ اللَّهُ الَّذِينَ آمَنُوا بِالقَوْلِ الثَّابِتِ فِي الحَيَاةِ الدُّنْيَا وَفِي الآخِرَةِ} [إبراهيم: 27].

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4699]
المزيــد ...

बराअ बिन आजिब (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
“जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।' यही अर्थ निम्न कुरआनको आयतले पनि व्यक्त गरेको छ : ‘अल्लाहले आस्थावान्हरूलाई दृढ वचनद्वारा सांसारिक जीवन र परलोक दुवैमा दृढता प्रदान गर्नुहुन्छ।’ (इब्राहीम: २७)

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4699]

व्याख्या

मुमिनसँग कब्रमा प्रश्न गरिनेछ, यसका लागि तोकिएका 'मुन्कर' र 'नकीर' नामक दुई स्वर्गदूतहरूले उसलाई सोध्नेछन्, र विभिन्न हदीसहरूमा उनीहरूको यही नाम उल्लेख गरिएको छ। अतः आस्थावान् व्यक्तिले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भनेर गवाही दिनेछ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको निम्न भनाइमा 'सत्य र दृढ वचन' भन्ने कुराको यही मतलब हो भन्नुभएको छ, अल्लाहले भन्नुहुन्छ: {अल्लाहले मोमिनहरूलाई सत्य वचन (तौहीद) द्वारा लोक र परलोकमा दृढता प्रदान गर्नुहुन्छ} [सूरह इब्राहीम: २७]

हदीसका केही फाइदाहरू

  1. कब्रमा गरिने प्रश्न सत्य हो।
  2. यस हदीसमा अल्लाहले आफ्ना आस्थावान् भक्तहरूलाई संसार र परलोक दुवैमा सत्य वचन (एकेश्वरवाद) मा दृढ र अडिग बनाइ राख्ने आशिर्वाद बारे व्याख्या गरिएको छ।
  3. यस हदीसमा एकेश्वरवादको गवाही (शहादत-ए-तौहीद) को महानता र सोही आस्थामा मृत्यु हुनुको विशेषता स्पष्ट गरिएको छ।
  4. अल्लाहले आस्थावान् व्यक्तिलाई यसरी स्थिरता प्रदान गर्नुहुन्छ:
  5. - संसारमा: ईमान (आस्था) मा अडिग रहन र सिधा मार्गमा हिँड्नका लागि।
  6. - मृत्युको समय: एकेश्वरवाद (तौहीद) माथि दृढ रहँदै मृत्युलाई अँगाल्नका लागि।
  7. - कब्रमा: फरिश्ताहरूको प्रश्नोत्तरको बेला पनि सत्यमा अडिग रहनका लागि।
  8. यसरी, अल्लाहले आस्थावान्लाई जीवनका यी तीन महत्त्वपूर्ण अवस्थाहरूमा स्थिरता प्रदान गर्नुहुन्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (52)
थप