+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ يُرِدِ اللهُ بِهِ خَيْرًا يُصِبْ مِنْهُ».

[صحيح] - [رواه البخاري]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहले जोसँग भलाइ गर्न चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।"

सही - बुखारीले वर्णन गरेका छन्

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भनिरहनुभएको छ, जब अल्लाहले कुनै आस्थावान दासको भलाइ गर्न चाहनुहुन्छ, उसलाई उसको जीवन, सम्पत्ति वा परिवारलाई कुनै समस्यामा पारेर परीक्षा गर्नुहुन्छ, किनभने यसरी दास दुआ (बिन्ती) द्वारा अल्लाहदेखि नजिक हुन्छ, उसका पापहरू क्षमा गरिन्छ र उसलाई उच्च दर्जा प्रदान गरिन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. आस्थावानले विभिन्न प्रकारका परीक्षाहरूको सामना गर्नुपर्छ ।
  2. परीक्षाहरू कहिलेकाहीँ एक सेवकको लागि अल्लाहको प्रेमको संकेत हो । अल्लाहले दासको दर्जा बढाउने र उसको पाप क्षमा गर्ने उद्देश्यले परीक्षा लिनुहुन्छ ।
  3. कठिनाइ र परीक्षणको समयमा धैर्य गर्न र नआत्तिने प्रोत्साहन ।
थप