+ -

عَنْ طَاوُسٍ أَنَّهُ قَالَ: أَدْرَكْتُ نَاسًا مِنْ أَصْحَابِ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، يَقُولُونَ كُلُّ شَيْءٍ بِقَدَرٍ، قَالَ: وَسَمِعْتُ عَبْدَ اللهِ بْنَ عُمَرَ رضي الله عنهما يَقُولُ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«كُلُّ شَيْءٍ بِقَدَرٍ، حَتَّى الْعَجْزِ وَالْكَيْسِ، أَوِ الْكَيْسِ وَالْعَجْزِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2655]
المزيــد ...

ताउसले वर्णन गरेका छन् :मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूलाई भन्दै गरेको सुनेको छु, जो सबैले भन्न्थे कि सबै कुरा अल्लाहको निर्धारित भाग्य अनुसार घटित हुन्छ। र मैले अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) लाई यसो भन्दै गरेको सुनेको छु, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “
“सबै कुरा भाग्य अनुसार मात्र हुन्छ, यहाँसम्म कि अक्षमता र चतुराई, वा चतुराई र अक्षमता पनि।”

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2655]

व्याख्या

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबै कुरा भाग्यको लेखा अनुसार हुन्छ; यहाँसम्म कि अक्षमता पनि भाग्यको कारणले हुन्छ, यस सन्दर्भमा अक्षमता भनेको लोक परलोक सँग सम्बन्धित अनिवार्य कार्यहरू नगर्नु, तिनीहरूलाई स्थगित गर्नु एवम् ढिलाइ गर्नु हो। र चतुराई पनि भाग्यले नैं हुन्छ , यस सन्दर्भमा चतुराई भनेको सांसारिक र परलोकको मामिलामा सक्रिय र कुशल हुनु हो । अल्लाहले क्षमता र अक्षमता र त्यस्ता सबै कुरा भाग्यमा लेखेका छन् ब्रह्माण्डमा कुनै पनि कुरा अल्लाहको ज्ञान र इच्छा बिना घट्दैन

हदीसका केही फाइदाहरू

  1. यसमा भाग्य बारे सहाबा (रसूल (सल्लल्लाहु अलैहि वसल्लम)का साथी) हरूको आस्थाको व्याख्या छ।
  2. सबै कुरा अल्लाह द्वारा लेखिएको भाग्य अनुसार घटित हुन्छ, यहाँसम्म कि अक्षमता र क्षमता पनि भाग्य अनुसार हुन्छ ।
  3. यस हदीस बाट रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हदीसहरू वर्णन गर्दा सहाबहरूको सावधानी र सतर्कता प्रस्ट हुन्छ ।
  4. राम्रो र नराम्रो, हरेक प्रकारको भाग्यमा विश्वास गर्ने कुराको वर्णन छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप