+ -

عَنْ ‌أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ:
قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ لِعَمِّهِ: «قُلْ: لَا إِلَهَ إِلَّا اللهُ، أَشْهَدُ لَكَ بِهَا يَوْمَ الْقِيَامَةِ»، قَالَ: لَوْلَا أَنْ تُعَيِّرَنِي قُرَيْشٌ، يَقُولُونَ: إِنَّمَا حَمَلَهُ عَلَى ذَلِكَ الْجَزَعُ لَأَقْرَرْتُ بِهَا عَيْنَكَ. فَأَنْزَلَ اللهُ: {إِنَّكَ لا تَهْدِي مَنْ أَحْبَبْتَ وَلَكِنَّ اللهَ يَهْدِي مَنْ يَشَاءُ } [القصص: 56].

[صحيح] - [رواه مسلم]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काकालाई भन्नुभयो: " ‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु ।" यो सुनेर उनले भने: यदि कुरैशका मानिसहरूले मैले डरले गर्दा यसो गर्न बाध्य भएको भनेर लाज नदिलाएको भए, म यो वचन पढेर तिम्रो आँखा चिसो पार्ने थिएँ । यसै सम्बन्धमा अल्लाहले यो आयत (श्लोक) अवतरण गर्नुभयो: "वास्तवमा, तपाईंले जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्न सक्नुहुन्न, तर अल्लाह जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।" [अल-कसस: ५६]

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काका अबू तालिबको मृत्यु हुँदा ‘ला इला-ह इल्लल्लाह’ भन्न अनुरोध गर्नुभयो, ताकि न्यायको दिनमा उनको लागि मुस्लिम हो भनेर शिफाअत (सिफारिस) र गवाही दिन सकियोस् । तर कुरैशका मानिसहरूले उनको निन्दा गर्नेछन् र मृत्युको डरले उनी मुस्लिम बनेको आरोप लगाउने छन् भन्ने डले अबु तालिबले अस्वीकार गरे । उनले नबीलाई भने– यदि मलाई उनीहरुको डर नभएको भए कलमा-ए-शहादत पढेर तिम्रो मनलाई शान्त पार्ने र तिम्रो मनोकामना पूरा गर्ने थिएँ । यस अवसरमा यो आयत (श्लोक) अवतरण भएको थियो, जसमा अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) सँग कसैलाई इस्लाम स्वीकार गर्न लगाउने क्षमता छैन भनी उल्लेख गरिएको छ । तर अल्लाहले जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ। रसूलको काम तर्क र कथन द्वारा बाटो मात्र देखाउनु र सत्यमार्ग तर्फ मानिसहरूलाई मार्गनिर्देशन र बोलाउनु हो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मानिसहरूको आलोचनाको डरले सत्यलाई त्याग्नु ठीक होइन ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को काम मार्ग देखाउनु हो, इस्लाम स्वीकार गर्ने मार्गदर्शन होइन ।
  3. काफिर बिरामीलाई इस्लाममा आमन्त्रित गर्ने उद्देश्यले भेट्न अनुमति छ ।
  4. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक परिस्थितिमा अल्लाहको धर्म तर्फ आह्वान गर्न अवसरको उपयोग गर्नुहुन्थ्यो ।
थप