+ -

عَنْ عَائِشَةَ رضي الله عنها قَالَتْ:
قُلْتُ: يَا رَسُولَ اللهِ، ابْنُ جُدْعَانَ كَانَ فِي الْجَاهِلِيَّةِ يَصِلُ الرَّحِمَ، وَيُطْعِمُ الْمِسْكِينَ، فَهَلْ ذَاكَ نَافِعُهُ؟ قَالَ: «لَا يَنْفَعُهُ، إِنَّهُ لَمْ يَقُلْ يَوْمًا: رَبِّ اغْفِرْ لِي خَطِيئَتِي يَوْمَ الدِّينِ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँले भन्नु हुन्छ कि:
मैले भने: हे अल्लाहको रसूल! "इब्न जुदआनले" जाहिलियत (इस्लाम पूर्व) को समयमा नातागोतालाई कायम राख्थे, गरिबहरूलाई खाना खुवाउँथे। के यो उनको लागि पुण्य-जनक हुनेछ ? उहाँले भन्नुभयो: "यी कर्महरुले उसलाई केही फाइदा दिने छैन किनभने उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले "अब्दुल्लाह बिन इब्न जुदआन"को बारेमा जानकारी दिनुभएको छ । जो इस्लामपूर्व कुरैशका प्रमुखहरू मध्ये एक थियो । उनले इस्लामले गर्न प्रोत्साहित गरेका पुण्य कार्यहरु जस्तै आफन्तसँग राम्रो व्यवहार गर्नु, सुख दु:खमा नाता कायम राख्नु र गरिबहरूलाई खाना खुवाउनु जस्ता धेरै राम्रा कामहरू गरेका थिए, तर यी कर्महरूले उनलाई परलोकमा कुनै फाइदा दिने छैन । किनकि उनी मुस्लिम थिएनन् र हे मेरा प्रभु! महाप्रलयको दिनमा मेरो पापहरू क्षमा गर्नुहोला भनेर कहिल्यै बिन्ती गरेनन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी कुर्दिश हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा ईमान(आस्था)को महत्व र कर्महरू स्वीकृत हुनका लागि ईमान शर्त हो भन्ने कुराको प्रमाण छ ।
  2. यस हदीसमा कुफ्र (अधर्मी) को खराबीको वर्णन र यसले सत्कर्महरूलाई बर्बाद गर्छ भन्ने कुराको प्रमाण छ।
  3. काफिर (अविश्वासी) हरूले परलोकमा आफ्नो कर्महरूको लाभ उठाउने छैनन्, किनभने तिनीहरू अल्लाह र परलोकमा विश्वास गर्दैनन् ।
  4. यदि कुनै व्यक्तिले इस्लाम स्वीकार गर्छ भने उसले कुफ्र (इस्लाम पुर्व) को अवस्थामा गरेको राम्रो कर्मको प्रतिफल पाउने छ ।
थप