+ -

عَنِ ابْنِ مَسْعُودٍ رَضِيَ اللَّهُ عَنْهُ، قَالَ:
قَالَ رَجُلٌ: يَا رَسُولَ اللهِ، أَنُؤَاخَذُ بِمَا عَمِلْنَا فِي الْجَاهِلِيَّةِ؟ قَالَ: «مَنْ أَحْسَنَ فِي الْإِسْلَامِ لَمْ يُؤَاخَذْ بِمَا عَمِلَ فِي الْجَاهِلِيَّةِ، وَمَنْ أَسَاءَ فِي الْإِسْلَامِ أُخِذَ بِالْأَوَّلِ وَالْآخِرِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6921]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-कर्महरूप्रति जवाफदेह हुनेछौं? उहाँले भन्नुभयो: " जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6921]

व्याख्या

यस हदीसमा सन्देशवाहक (उहाँ माथि अल्लाहको कृपा र शान्ति होस्) ले इस्लाम स्वीकार गर्नुको महत्त्वलाई स्पष्ट गर्दै हुनुहुन्छ । जसले इस्लामलाई स्वीकार गर्यो र एक असल, इमानदार र सत्यवादी मुसलमान भयो भने; उ जाहिलियाको समयमा गरेका पापहरूप्रति जवाफदेह हुनेछैन। जो व्यक्तिले इस्लाम स्वीकार गरिसकेपछि पनि मुनाफिक (आडम्बरी,कपटी ) वा मुर्तद (धर्मत्यागी) भएर इस्लाममा गलत काम गर्दछ; उ कुफ्र (इस्लाम पूर्व) र पछिको अवस्थामा गरेका सबै कर्महरूप्रति जवाफदेह हुनेछ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसले जाहिलियाको युगमा गरेका कर्महरूप्रति सहाबा (रसूलका साथीहरू) पनि चिन्तित र भयभीत थिए भन्ने कुरा प्रष्ट पार्छ।
  2. यस हदीसले इस्लाममा अडिग र दृढ रहन प्रोत्साहन दिन्छ।
  3. यस हदीसबाट इस्लाममा प्रवेश गर्नुको महत्व बारे र यसले अघिल्लो सबै पापहरू क्षमा हुन्छन् भनि थाहा हुन्छ।
  4. मुनाफिक (पाखण्डी) र मुर्तद (धर्मत्यागी) हरू इस्लाम स्वीकार गर्नु अघि जाहिलियाको कर्म र पछि गरेका सबै पाप-कर्महरूप्रति जवाफदेह हुनेछन्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप