+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«الْإِيمَانُ بِضْعٌ وَسَبْعُونَ -أَوْ بِضْعٌ وَسِتُّونَ- شُعْبَةً، فَأَفْضَلُهَا قَوْلُ لَا إِلَهَ إِلَّا اللهُ، وَأَدْنَاهَا إِمَاطَةُ الْأَذَى عَنِ الطَّرِيقِ، وَالْحَيَاءُ شُعْبَةٌ مِنَ الْإِيمَانِ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"ईमान (विश्वास) का सत्तरी (वा ६०) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा पीडादायी कुरालाई बाटोबाट हटाउनु हो र हया (लज्जा) पनि ईमानको एक शाखा हो ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, ईमान (आस्था) का धेरै शाखाहरू छन्, जसमा कर्म, विश्वास र भनाइहरू छन् ।
आस्थाको सर्वोच्च र उत्कृष्ट शाखा "ला इलाहा इल्लाह अल्लाह" भन्नु हो । यसको अर्थ र अभिलाषालाई जान्नुपर्छ र यसलाई कार्यन्वयन गर्नपर्छ । अर्थात्, केवल अल्लाह मात्र उपासना योग्य हुनुहुन्छ र उहाँ बाहेक कोही उपासना योग्य छैन ।
ईमानको सबैभन्दा तल्लो कार्य भनेको मानिसहरूलाई दुःख दिने सबै कुरालाई बाटोबाट हटाउनु हो ।
त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : हया (लाज) पनि ईमानको एक शाखा हो । वास्तवमा, हया एक मनोवृत्ति हो, जसले राम्रो कर्म गर्न र खराब कर्मबाट टाढा रहन प्रेरित गर्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. ईमानका धेरै स्तरहरू छन्, जसमध्ये केही अरू भन्दा राम्रो छन् ।
  2. इमान भनेको वचन, कर्म र विश्वासको नाम हो ।
  3. अल्लाहप्रति हया गर्नु भनेको अल्लाहले जहाँ जान मनाही गर्नुभएको छ त्यहाँ नदेखिनु र जहाँ रहन आदेश दिनुभएको छ त्यो ठाउँबाट अनुपस्थित हुनु हुँदैन ।
  4. यहाँ संख्याको वर्णन सीमित गर्न होइन, तर ईमानका कार्यहरूको बहुलता दर्शाउने हो । किनभने अरबहरूले कहिलेकाहीँ केही संख्या भन्छन्, तर तिनीहरूको मतलब यो होइन कि यो भन्दा बढी हुन सक्दैन ।
थप