عن أبي سعيد الخُدْريِّ رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«مَنْ رَأَى مِنْكُمْ مُنْكَرًا فَلْيُغَيِّرْهُ بِيَدِهِ، فَإِنْ لَمْ يَسْتَطِعْ فَبِلِسَانِهِ، فَإِنْ لَمْ يَسْتَطِعْ فَبِقَلْبِهِ، وَذَلِكَ أَضْعَفُ الْإِيمَانِ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 49]
المزيــد ...
अबू-सईद अल्-खुदरी रजियल्लाहु अन्हु बाट उद्धृत गरिएको छ, उहाँ भन्नु हुन्छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई भन्दै गरेको सुनें :
"तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो"।
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 49]
अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले गलत कार्य (मुन्कर) लाई आफ्नो क्षमता अनुसार रोकथाम गर्न आदेश दिदै हुनुहुन्छ । अल्लाह र उहाँका रसूलले निषेध गर्नुभएको हरेक कार्य मुन्कर (गलत) हो । यदि कसैले कुनै गलत कार्य (मुन्कर) भइरहेको देखिरहेको छ र ऊ सक्षम छ भने आफ्नो हातले त्यसलाई रोक्नु पर्छ । यदि ऊ त्यसो गर्न असमर्थ छ भने, उसले आफ्नो बोलीले यसलाई परिवर्तन गरोस्। उसले गलत गर्नेलाई त्यसको हानि नोक्सानी सम्झाएर त्यसबाट रोकोस र यो गलतीको सट्टा उसलाई राम्रो कुराको मार्गदर्शन गरोस् । यदि ऊ त्यसो गर्न असमर्थ छ भने, उसले आफ्नो हृदयमा यो खराबीलाई घृणा गर्नुपर्छ र सक्षम भएको भए निश्चयनै परिवर्तन गर्ने थिए भनेर संकल्प गर्नुपर्छ। हृदयमा गलत कार्यलाई गलत ठान्नु ईमानको सबैभन्दा कमजोर स्तर हो।