उप-श्रेणीहरू

हदीसहरूको सूची

ईमान (विश्वास) का सत्तरी (वा ६०) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा पीडादायी कुरालाई बाटोबाट हटाउनु हो
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो" ।
عربي अंग्रेजी उर्दू
जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।
عربي अंग्रेजी उर्दू
हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।
عربي अंग्रेजी उर्दू
कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुन्छ। त्यसैले आफ्नो हृदयमा ईमानाई नवीकरण गर्न अल्लाह सँग प्रार्थना गर्दै गर ।
عربي अंग्रेजी उर्दू