عَنْ عَبْدِ اللَّهِ بْنِ عَمْرٍو رَضِيَ اللَّهُ عَنْهُمَا عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«المُسْلِمُ مَنْ سَلِمَ المُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ، وَالمُهَاجِرُ مَنْ هَجَرَ مَا نَهَى اللَّهُ عَنْهُ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 10]
المزيــد ...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 10]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि पूर्ण मुस्लिम त्यो हो, जसको बोली बाट अन्य मुस्लिमहरू सुरक्षित रहन्छन्। त्यसै गुण स्वरुप उसले अरू मुस्लिमहरूलाई गाली गर्दैन, श्राप दिँदैन, चुक्ली लगाउँदैन, छुल्याइँ गर्दैन र अन्य कुनै पनि तरिकाले आफ्नो बोलीद्वारा दुःख दिँदैन। त्यसैगरी उसको हातबाट (दुर्व्यवहारबाट) पनि मानिसहरू सुरक्षित हुन्छन्; उसले कसैलाई कष्ट दिँदैन, आक्रमण र अत्याचार गर्दैन, कसैको सम्पत्ति अनुचित रूपमा लिँदैन, र यस्तै अन्य खराब काम गर्दैन। र वास्तविक 'मुहाजिर' (त्याग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ ।

हदीसका केही फाइदाहरू

  1. पूर्ण इस्लाम भनेको अरूलाई शारीरिक वा मानसिक कुनै पनि प्रकारको दुःख र पीडा नदिनु हो।
  2. बोली र हात लाई विशेष रूपमा उल्लेख गरिनुको कारण यो हो कि मानिसले गर्ने धेरैजसो गल्ती र हानिहरू यिनै दुई अङ्गबाट हुन्छन्। वास्तवमा, अधिकांश खराबी र समस्याहरू यी दुईबाटै उत्पन्न हुने गर्छन्।
  3. यसमा पाप त्याग्न र अल्लाहको आदेश पालन गर्न प्रोत्साहन दिइएको छ ।
  4. सबैभन्दा उत्तम मुस्लिम त्यो व्यक्ति हो, जसले अल्लाहप्रति र मुस्लिमहरू प्रति आफ्नो कर्तव्य पूरा गर्छ।
  5. हानि पुर्‍याउने कार्य बोली वा व्यवहार, दुवै रूपमा हुन सक्छ।
  6. पूर्ण हिज्रत (त्याग) भनेको अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (54)
थप