عَنْ عَبْدِ اللَّهِ بْنِ عَمْرٍو رَضِيَ اللَّهُ عَنْهُمَا عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«المُسْلِمُ مَنْ سَلِمَ المُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ، وَالمُهَاجِرُ مَنْ هَجَرَ مَا نَهَى اللَّهُ عَنْهُ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 10]
المزيــد ...
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 10]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि पूर्ण मुस्लिम त्यो हो, जसको बोली बाट अन्य मुस्लिमहरू सुरक्षित रहन्छन्। त्यसै गुण स्वरुप उसले अरू मुस्लिमहरूलाई गाली गर्दैन, श्राप दिँदैन, चुक्ली लगाउँदैन, छुल्याइँ गर्दैन र अन्य कुनै पनि तरिकाले आफ्नो बोलीद्वारा दुःख दिँदैन। त्यसैगरी उसको हातबाट (दुर्व्यवहारबाट) पनि मानिसहरू सुरक्षित हुन्छन्; उसले कसैलाई कष्ट दिँदैन, आक्रमण र अत्याचार गर्दैन, कसैको सम्पत्ति अनुचित रूपमा लिँदैन, र यस्तै अन्य खराब काम गर्दैन। र वास्तविक 'मुहाजिर' (त्याग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ ।