عن أبي هريرة رضي الله عنه: أن رسول الله صلى الله عليه وسلم قال:
«يَنْزِلُ رَبُّنَا تَبَارَكَ وَتَعَالَى كُلَّ لَيْلَةٍ إِلَى السَّمَاءِ الدُّنْيَا حِينَ يَبْقَى ثُلُثُ اللَّيْلِ الْآخِرُ، يَقُولُ: «مَنْ يَدْعُونِي فَأَسْتَجِيبَ لَهُ؟ مَنْ يَسْأَلُنِي فَأُعْطِيَهُ؟ مَنْ يَسْتَغْفِرُنِي فَأَغْفِرَ لَهُ؟».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1145]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ , र भन्नुहुन्छ: 'कसले मलाई पुकार्छ ताकि म उसको पुकार सुनेर जवाफ दिउँ? कसले मसँग माग्छ ताकि म उसलाई दिन सकूँ? कसले म सँग माफी माग्छ ताकि म उसलाई माफ गरूँ?'"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1145]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, अल्लाह प्रत्येक रात, जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा झर्नुहुन्छ र आफ्ना सेवकहरूलाई प्रार्थना गर्न प्रोत्साहित गर्नुहुन्छ, किनकि उहाँले प्रार्थना गर्नेहरूको प्रार्थना स्विकार गर्नुहुन्छ । उहाँले तिनीहरूलाई माग्‍न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले माग्नेहरूको इच्छालाई पुरा गर्नुहुन्छ । उहाँले आफ्ना विश्वासी सेवकहरूलाई क्षमा माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले क्षमा दिनुहुन्छ ।

हदीसका केही फाइदाहरू

  1. रातको अन्तिम तिहाई भाग र यसमा दुआ (प्रार्थना) गर्ने, बिन्ती गर्ने र माफी माग्नुको सद्गुण ।
  2. यो हदीस सुने पछि, मानवले दुआ (प्रार्थना) स्वीकृत हुने समयको पूरा फाइदा लिन सक्दो प्रयास गर्नुपर्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप