عن عبد الله بن عمرو رضي الله عنهما أن النبي صلى الله عليه وسلم قال:
«الرَّاحِمُونَ يَرْحَمُهمُ الرَّحمنُ، ارحَمُوا أهلَ الأرضِ يَرْحْمْكُم مَن في السّماء».

[صحيح] - [رواه أبو داود والترمذي وأحمد] - [سنن أبي داود: 4941]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस् (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"

[सही] - [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 4941]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नु भएको छ, जो अरूमाथि दया गर्छन्, परम दयालु अल्लाहले उनीहरूमाथि दया गर्नुहुन्छ, जसको कृपाले सबै चीजहरूलाई समेटेको छ; वास्तवमा यो पूर्ण बदला हो ।
त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस पृथ्वीमा बस्ने सबै चीजहरू जस्तै मानव, जनावर र पंक्षिहरूमाथि दया गर्न आदेश दिनुभयो । यसको बदलामा अल्लाहले तपाईहरूमाथि आकाशबाट दया गर्नुहुनेछ ।

हदीसका केही फाइदाहरू

  1. इस्लाम दयाको धर्म हो । जुन पूर्णतया अल्लाहको आज्ञाकारिता र सृष्टिप्रति दया र राम्रो व्यवहारमा आधारित छ ।
  2. दया, अल्लाहको महत्वपूर्ण विशेषता हो । उहाँ परम दयालु र अत्यन्त कृपालु हुनुहुन्छ । उहाँ आफ्ना सेवकहरूसँग दयालु व्यवहार गर्नुहुन्छ ।
  3. मानिसलाई उसको कर्म अनुसारको इनाम दिइन्छ । त्यसैले दया देखाउनेहरूलाई परमदयालु अल्लाहले दया गर्नुहुन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)
थप