+ -

عن عبد الله بن عمرو رضي الله عنهما أن النبي صلى الله عليه وسلم قال:
«الرَّاحِمُونَ يَرْحَمُهمُ الرَّحمنُ، ارحَمُوا أهلَ الأرضِ يَرْحْمْكُم مَن في السّماء».

[صحيح] - [رواه أبو داود والترمذي وأحمد]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"दया देखाउनेहरूमाथि दयालु (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका मानिसहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"

सही - तिर्मीजीले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले वर्णन गर्नु भएको छ, जो अरूमाथि दया गर्छन्, परम दयालु अल्लाहले उनीहरूमाथि दया गर्नुहुन्छ, जसको कृपाले सबै चीजहरूलाई समेटेको छ; वास्तवमा यो पूर्ण बदला हो ।
त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस पृथ्वीमा बस्ने सबै चीजहरू जस्तै मानव, जनावर र पक्षीहरूमाथि दया गर्न आदेश दिनुभयो । यसको बदलामा अल्लाहले तपाईहरूमाथि आकाशबाट दया गर्नुहुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. इस्लाम दयाको धर्म हो । जुन पूर्णतया अल्लाहको आज्ञाकारिता र सृष्टिप्रति दया र राम्रो व्यवहारमा आधारित छ ।
  2. दया, अल्लाहको महत्वपूर्ण विशेषता हो । उहाँ परम दयालु र अत्यन्त कृपालु हुनुहुन्छ । उहाँ आफ्ना सेवकहरूसँग दयालु व्यवहार गर्नुहुन्छ ।
  3. मानिसलाई उसको कर्म अनुसारको इनाम दिइन्छ । त्यसैले दया देखाउनेहरूलाई दयालु (अल्लाह) ले दया गर्नुहुन्छ ।
थप