+ -

قال سعد بن هشام بن عامر -عندما دخل على عائشة رضي الله عنها-:
يَا أُمَّ الْمُؤْمِنِينَ، أَنْبِئِينِي عَنْ خُلُقِ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، قَالَتْ: أَلَسْتَ تَقْرَأُ الْقُرْآنَ؟ قُلْتُ: بَلَى، قَالَتْ: فَإِنَّ خُلُقَ نَبِيِّ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ الْقُرْآنَ.

[صحيح] - [رواه مسلم في جملة حديثٍ طويلٍ]
المزيــد ...

जब साद बिन हिशाम बिन आमिर (आइशा (रजियल्लाहु अन्हा) कहाँ गए अनि उनले भने:
हे विश्वासीहरूकी आमा! मलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अख्लाक (आचरण) को बारेमा बताउनुहोस् । यो सुनेर उहाँले भन्नुभयो: के तिमी कुर्आन पढ्दैनौ? मैले जवाफ दिएँ: म अवश्य पढ्छु । उहाँले भन्नुभयो: उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

उम्मूल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) लाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नैतिकताको बारेमा सोधियो र उनले छोटो र मिठो जवाफ दिदै प्रश्नकर्तालाई कुर्आनलाई अध्ययन गर्न भनिन्, किनभने यो सबै हिसाबले पूर्ण पुस्तक हो । उनले भनिन् : उहाँको आचरण र नैतिकता कुर्आनको एक जीवन्त उदाहरण थियो । उहाँ कुर्आनको आदेशको पालना गर्नुहुन्थ्यो, कुर्आनले निषेध गरेको कुराहरूबाट टाढा रहनुहुन्थ्यो । यसरी उहाँको नैतिकता कुर्आनको व्याख्या थियो । उहाँले कुर्आनले तोकेको सीमामा रहनुभयो, यसको शिष्टाचारको पालना गर्नुभयो र यसमा प्रस्तुत उदाहरणहरू र कथाहरूबाट पाठ सिक्नुभयो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याएर कुर्आनको नैतिक शिक्षाहरू पछ्याउन प्रेरणा ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आचरणको प्रशंसा र उहाँको आचरणको स्रोत कुर्आन थियो भन्ने कुराको वर्णन ।
  3. कुर्आन सबै नैतिक मामिलाहरूको मूल स्रोत हो ।
  4. इस्लामिक नैतिकताले सम्पूर्ण धर्म र यसका सबै आदेशहरूको पालना गर्न र निषेधित कुराहरूबाट बच्न समावेश छ ।