عن أنس بن مالك رضي الله عنه قال:
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَحْسَنَ النَّاسِ خُلُقًا.

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2310]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2310]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबैभन्दा उत्तम व्यवहार भएको व्यक्ति हुनुहुन्थ्यो र नैतिकताका सबै स्तरहरूमा सबैभन्दा अगाडि हुनुहुन्थ्यो, जस्तै राम्रोसँग बोल्ने, अरूलाई राम्रो गर्ने, मुस्कुराएर भेट्ने, अरूलाई दु:ख नदिने र अरुको दुखमा धैर्य गर्ने आदि ।

हदीसका केही फाइदाहरू

  1. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को चरित्रको पूर्णता ।
  2. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) उत्तम चरित्रको सही नमूना र एक उत्तम आदर्श हुनुहुन्छ ।
  3. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण गर्दै उत्तम चरित्र अपनाउन प्रोत्साहन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)