عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَوْلَا أَنْ أَشُقَّ عَلَى الْمُؤْمِنِينَ -أَوْ: عَلَى أُمَّتِي- لَأَمَرْتُهُمْ بِالسِّوَاكِ عِنْدَ كُلِّ صَلَاةٍ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 252]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"यदि मलाई मेरो उम्मत कठिनाइमा पर्ने डर नभएको भए, म तिनीहरूलाई प्रत्येक नमाजको समयमा मिस्वाक (दाँत सफा) गर्न आदेश दिने थिएँ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 252]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो कि यदि उहाँलाई आफ्नो उम्मत कठिनाइमा पर्ने डर नभएको भए, उहाँले प्रत्येक नमाजको समयमा मिस्वाक गर्न अनिवार्य गर्नुहुन्थ्यो।

हदीसका केही फाइदाहरू

  1. नबी रसूल अलैहि वसल्लम) को आफ्ना उम्मतप्रतिको करुणा र उनीहरूले कठिनाइको सामना गर्नुपर्ने डर।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशले मूलतः यो अनिवार्य हो भन्ने संकेत गर्दछ, जबसम्म यसलाई सुन्नत ठहर्याउने प्रमाण प्रस्तुत हुँदैन।
  3. प्रत्येक नमाजको समयमा मिस्वाक गर्नुको महत्व र पुण्य।
  4. इब्न दकीक अल-इद भन्छन्: नमाजको समयमा मिस्वाक गर्नुको उद्देश्य भनेको प्रार्थना अल्लाहको निकटता खोज्ने अवस्था हो। त्यसैले, उपासनाको स्थान र स्थिति प्रदर्शन गर्न पूर्णता र स्वच्छताको अवस्थामा हुनुपर्छ।
  5. यस हदीसबाट के प्रमाणित हुन्छ भने उपवास बसेको व्यक्तिले पनि मिस्वाक प्रयोग गर्न सक्छ चाहे त्यो दिउँसो; जोहर र अस्रको नमाजमा किन न होस्।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (47)