+ -

عَنْ سَمُرَةَ بْنِ جُنْدَبٍ وَالْمُغِيرَةِ بْنِ شُعْبَةَ رضي الله عنهما قَالَا: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ حَدَّثَ عَنِّي بِحَدِيثٍ يُرَى أَنَّهُ كَذِبٌ، فَهُوَ أَحَدُ الْكَاذِبِينَ».

[صحيح] - [رواه مسلم في مقدمته]
المزيــد ...

समुरह बिन जुन्दब र मुगीरा बिन शोअबा (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जुन उसले झूटा ठान्छ, त्यो व्यक्ति झूट बोल्नेहरू मध्ये एक हो।"

[सही] - - [सही मुस्लिम]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले उहाँबाट कुनै हदीस सुनाउछ, जबकि उसलाई थाहा छ वा शंका छ वा दृढ विश्वास छ यो उहाँ विरुद्ध झूटो हो, तैपनि उसले त्यो (झूठो) हदीस वर्णन गर्छ भने ऊ पनि यो पापको भागिदार छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज सर्बियाई रोमानियन मालागासी الجورجية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट वर्णित हदीसहरूमा ध्यान दिनु र वर्णन गर्नु भन्दा पहिला उहाँबाट प्रमाणित छ कि छैन पुष्टि गर्नु ।
  2. मनगढन्त हदीस वर्णन गर्ने, यसलाई प्रचार गर्ने र मानिसहरूमाझ फैलाउने सबैमा यो आदेश लागू हुन्छ ।
  3. थाहा हुँदा हुँदै मनगढन्त हदीस सुनाउन निषेध गरिएको छ । तर यो मनगढन्त हदीस हो, यसबाट सावधान रहनु होला भन्ने चेतावनीको लागि जायज हो ।
थप