+ -

عن طارق بن أشيم الأشجعي رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«مَنْ قَالَ: لَا إِلَهَ إِلَّا اللهُ، وَكَفَرَ بِمَا يُعْبَدُ مِنْ دُونِ اللهِ حَرُمَ مَالُهُ وَدَمُهُ، وَحِسَابُهُ عَلَى اللهِ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

तारिक बिन अशयम अशजई (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भनिरहनुभएको छ, जसले आफ्नो जिब्रोले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन भनी गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्दछ र इस्लाम बाहेक सबै धर्महरूबाट आफ्नो निर्दोषता देखाउँदछ । उसको धन र रगत मुस्लिमहरूका लागि हराम भयो, किनभने हामी उसको बाह्य क्रियाकलाप मात्र देख्नेछौं । त्यसकारण उसको सम्पत्ति खोस्न सकिँदैन र रगत बगाउन सकिँदैन । हो! यदि उसले कुनै पाप वा अपराध गर्छ, जसको कारणले उसको रगत वा सम्पत्ति इस्लामको प्रावधान अनुसार हलाल हुन्छ भने त्यो फरक कुरा हो ।
यस्तो अवस्थामा अल्लाहले न्यायको दिन उनको हिसाब लिनुहुनेछ । यदि ऊ इमान्दार र सच्चा थियो भने उहाँले उसलाई पुरस्कृत गर्नुहुनेछ र यदि ऊ कपटी र झुटो थियो भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. जिब्रोले "ला इलाह इल्लल्लाह" भन्नु र अल्लाह बाहेकका सबै कुरालाई इन्कार गर्नु इस्लाममा प्रवेश गर्ने शर्त हो ।
  2. ला इलाह इल्लल्लाहको अर्थ : अल्लाह बाहेक उपासना गरिने सबै चीजहरूलाई अस्वीकार गर्नु हो, जस्तै मूर्तिहरू, चिहानहरू र केवल एक अल्लाहको उपासना गर्नु ।
  3. जसले तौहीद (एकेश्वरवाद) लाई स्वीकार गर्छ र इस्लामका विधिविधान र आदेशहरूलाई बाहिरी रूपमा पालन गर्छ, उसको विपरीत केही प्रमाणित नभएसम्म उसबाट टाढा रहनुपर्छ ।
  4. मुस्लिमको जीवन, सम्पत्ति, इज्जत र प्रतिष्ठामा अन्यायपूर्ण छेडछाड गर्न निषेध गरिएको छ ।
  5. यस संसारमा बाहिरी रूप अनुसार र परलोकमा नियत र उद्देश्य अनुसार निर्णय लिइनेछ ।
थप