عَنْ عَبْدِ اللهِ بْنِ مَسْعُودٍ رضي الله عنه قَالَ: سَمِعْتُ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«نَضَّرَ اللَّهُ امْرَأً سَمِعَ مِنَّا شَيْئًا فَبَلَّغَهُ كَمَا سَمِعَ، فَرُبَّ مُبَلِّغٍ أَوْعَى مِنْ سَامِعٍ».
[صحيح] - [رواه الترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 2657]
المزيــد ...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गर्नुभएको छ, उहाँले भन्नुभयोः मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्नुभएको सुनेँ:
"अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।"
[सही] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2657]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जसले उहाँको हदीस सुन्यो, त्यसलाई याद गर्यो र अरूसम्म पुर्यायो, त्यस व्यक्तिको लागि यस संसारमा उज्यालोपन, प्रसन्नता र सौन्दर्य तथा आखिरत (परलोक) मा अल्लाहले उसलाई स्वर्गको आनन्द, सुख-सुविधा र सुन्दरतासम्म पुर्याऊन् भनी प्रार्थना गर्नुभएको छ। किनभने, कहिलेकाहीँ जसलाई हदीस सुनाइन्छ, ऊ हदीस सुनाउने व्यक्तिभन्दा बढी बुझ्ने, फकीह (विद्वान) र हदीसबाट सही निष्कर्ष निकाल्न सक्ने क्षमता भएको हुन सक्छ। यसरी, पहिलो व्यक्ति हदीसलाई स्मरण गर्ने र प्रसारण गर्ने कार्यमा दक्ष हुन्छ भने दोस्रो व्यक्ति त्यसको गहिरो अर्थ बुझ्ने र त्यसबाट विधि तथा ज्ञानका निष्कर्ष निकाल्ने कार्यमा निपुण हुन्छ।