عَنْ عَبْدِ اللهِ بْنِ مَسْعُودٍ رضي الله عنه قَالَ: سَمِعْتُ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«نَضَّرَ اللَّهُ امْرَأً سَمِعَ مِنَّا شَيْئًا فَبَلَّغَهُ كَمَا سَمِعَ، فَرُبَّ مُبَلِّغٍ أَوْعَى مِنْ سَامِعٍ».

[صحيح] - [رواه الترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 2657]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"अल्लाहले त्यो व्यक्तिलाई खुशी बनाऊन्, जसले मेरो कुरा सुन्छ र जसरी उसले सुनेको थियो त्यस्तै अरूलाई पनि सुनाउँछ, किनकि धेरै मानिसहरू जसलाई सन्देश सुनाइएको छ, तिनीहरूले त्यो सन्देश सुनाउने व्यक्ति भन्दा राम्रोसँग बुझेका हुन्छन्।"

[सही] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2657]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यो व्यक्तिको लागि यस संसारमा चमक, आनन्द र सुन्दरता तथा परलोकमा स्वर्गको चमक, आनन्द र सुन्दरताको लागि प्रार्थना गर्नुभयो, जसले उहाँको हदीस सुन्छ र जसरी सुनेको छ त्यसरी अरूलाई पनि सुनाउँछ, किनकि धेरै मानिसहरू जसलाई सन्देश सुनाइएको छ, तिनीहरूले त्यो सन्देश सुनाउने व्यक्ति भन्दा बढी जानकार, बढी बुझ्ने,अन्तरदृष्टिपूर्ण र निष्कर्ष निकाल्न सक्षम हुन्छ। यसरी, पहिलो कण्ठ र प्रसारणमा दक्ष छ भने दोस्रो बुझ्न र निष्कर्ष निकाल्नमा ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसले नबीको सुन्नतलाई कण्ठस्थ गर्नु, सम्झनु र मानिसहरूलाई सुनाउन प्रोत्साहन गर्छ।
  2. हदीसका विद्वानहरू र हदीस अध्ययन गर्ने विद्यार्थीहरूको स्थानको बारेमा चर्चा गर्छ।
  3. यस हदीसले निष्कर्षण निकाल्ने र बुझ्ने क्षमता भएका विद्वानहरूको गुणको बारेमा चर्चा गर्छ।
  4. यो हदीसले सहाबाहरूको सद्गुण, जसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को हदीस सुने र हामी समक्ष त्यो हदीस पुर्‍याएको बारेमा चर्चा गर्छ।
  5. अल-मनावीले भने: हदीस बयान गर्ने व्यक्ति (रावी) को लागि न्यायशास्त्र वा गहिरो बुझाइ शर्त होइन, बरु उसको मुख्य जिम्मा कण्ठस्थ गर्नु हो र फकीह वा न्यायविद्ले गहिरो रूपमा बुझ्ने, त्यसमा चिन्तन गर्नु हो।
  6. इब्न ओयैनाहले भने: जसले हदीस खोज्छ सिक्छ र अरुसम्म पुर्याउने गर्छ भने उसको अनुहारमा त्यो हदीसको चमक प्रतिबिम्बित हुन्छ।
  7. हदीसका विद्वानहरूका अनुसार हिफ्ज़ (संरक्षण) दुई प्रकारका हुन्छन्: एक हृदय र दिमागको संरक्षण र दोस्रो किताब तथा लेखन पङ्क्तिको संरक्षण, र यी दुवै प्रकारलाई पैगम्बर ﷺ को दुआले समेटेको छ।
  8. मानिसहरूको बुझाइ फरक-फरक हुन्छ। धेरैजसो सुन्ने र सिक्नेहरू सुननेभन्दा बढी सम्झन्छन् वा याद राख्छन्, र धेरैजसो धर्मशास्त्रको ज्ञान राख्नेहरू फकीह (धार्मिक विद्वान) हुँदैनन्।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (42)
थप