श्रेणी: सद्गुण र आचरण .

عن أبي الدرداء رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«مَنْ رَدَّ عَنْ عِرْضِ أَخِيهِ رَدَّ اللهُ عَنْ وَجْهِهِ النَّارَ يَوْمَ الْقِيَامَةِ».

[صحيح] - [رواه الترمذي وأحمد] - [سنن الترمذي: 1931]
المزيــد ...

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।"

[सही] - [तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 1931]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो मुस्लिम भाइको अनुपस्थितिमा उसको इज्जत र मर्यादाको रक्षा गर्दछ, अल्लाहले न्यायको दिन उसलाई सजायबाट टाढा राख्नुहुन्छ ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिमहरूको इज्जत र प्रतिष्ठामा हानि पुर्याउने कुनै पनि कुरा बोल्न निषेध गरिएको छ ।
  2. मानिसलाई उसको कर्म अनुसार बदला दिइन्छ। तसर्थ, जसले आफ्नो भाइको इज्जतको रक्षा गर्छ, अल्लाहले उसलाई नरकको आगोबाट बचाउनुहुनेछ ।
  3. इस्लाम आपसी भाइचारा र सहयोगको धर्म हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप