श्रेणी:

عَنْ أَبِي يَعْلَى شَدَّادِ بْنِ أَوْسٍ رَضِيَ اللَّهُ عَنْهُ عَنْ رَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِنَّ اللهَ كَتَبَ الْإِحْسَانَ عَلَى كُلِّ شَيْءٍ، فَإِذَا قَتَلْتُمْ فَأَحْسِنُوا القِتْلَةَ، وَإِذَا ذَبَحْتُمْ فَأَحْسِنُوا الذِّبْحَةَ، وَلْيُحِدَّ أَحَدُكُمْ شَفْرَتَهُ، وَلْيُرِحْ ذَبِيحَتَهُ».

[صحيح] - [رواه مسلم] - [الأربعون النووية: 17]
المزيــد ...

अबु याला शद्दाद बिन औस (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"निश्चय नै अल्लाहले हरेक कुरामा सद्भावना (इह्सान) अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई (मृत्युदण्ड आदि कारणले) मार्छौ तब त्यसलाई राम्रो र सहज तरिकाले मार्नु, जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर्नु, तिमीहरूले जनावरलाई वध गर्नुअघि चक्कु धारिलो बनाउनुपर्छ र वध गरिने जनावरलाई सहजतापूर्वक वध गर्नुपर्छ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [الأربعون النووية - 17]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। इहसान (परोपकार) भनेको तपाईंले गर्नुहुने हरेक काममा अल्लाहलाई सधैं मनमा राख्नु हो । अल्लाहको उपासना गर्दा, पुण्य कर्म गर्दा र मानिसहरूलाई दुःखबाट बचाउँदा पनि । त्यसैगरी यसमा हत्या र वध गर्दा समेत दयालु हुनु पनि समावेश छ ।
किसास (बदला) को रुपमा हत्या गर्दा दयालु हुनु भनेको हत्याको लागि सबैभन्दा सजिलो, हल्का र छिटो बाटो रोज्नु हो ।
वध गर्दा पशुप्रति दयालु हुनु भनेको हतियार धारिलो बनाउनु, जनावरको आँखा अगाडि हतियारको धार नलगाउनु र एउटा पशुलाई अर्को जनावरको अगाडि वध न गर्नु हो ।

हदीसका केही फाइदाहरू

  1. सृष्टिप्रति अल्लाहको कृपा र दया ।
  2. मृत्युदण्ड दिँदा वा पशु वध गर्दा शरीयतले तोकेको तरिका अनुसार गर्नु नै सदव्यवहार हो ।
  3. इस्लामी शरियत एक सम्पूर्ण जीवन व्यवस्था हो र यसमा सबै प्रकारका भलाइहरू समावेश गरिएका छन्, जसको उदाहरण जनावरप्रति दया हो ।
  4. मानिसको हत्या गरेपछि शरीरका अंग टुक्रा-टुक्रा गरी विच्छेदन गर्न निषेध गरिएको छ ।
  5. जनावरलाई यातना दिने हरेक काम हराम हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (54)
वर्गीकरण
थप