____
[] - []
المزيــد ...
अबु हम्जा अनस बिन मालिक (रज़ियल्लाहु अन्हु), जो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सेवक थिए, उहाँले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।"
[सही] - [मुत्तफकुन अलैहि] - [الأربعون النووية - 13]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जबसम्म कुनै मुस्लिमले आफ्नो भाइको लागि आफूलाई मन पर्ने आज्ञाकारिता अनि दीन र दुनियाँका राम्रा कुराहरू मन पराउँदैन र आफुले घृणा गर्ने कुरा उसको लागि घृणा गर्दैन, तबसम्म उसको ईमान पूर्ण हुन सक्दैन । यदि उसले कुनै मुस्लिम भाइमा धार्मिक कुराहरूमा केही कमीकमजोरी देख्छ भने उसले त्यसलाई सुधार्ने प्रयास गर्नुपर्छ । यदि उसमा कुनै भलाई देख्छ भने त्यसमा उसको साथ र सहयोग गर्नुपर्छ । दीन र दुनियाँका कुराहरूमा राम्रो सल्लाह दिनुपर्छ ।