श्रेणी:

عَنْ أَبِي حَمْزَةَ أَنَسِ بْنِ مَالِكٍ رَضِيَ اللَّهُ عَنْهُ -خَادِمِ رَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ- عَنْ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لاَ يُؤْمِنُ أَحَدُكُمْ، حَتَّى يُحِبَّ لِأَخِيهِ مَا يُحِبُّ لِنَفْسِهِ»

[صحيح] - [متفق عليه] - [الأربعون النووية: 13]
المزيــد ...

अबु हम्जा अनस बिन मालिक (रज़ियल्लाहु अन्हु), जो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सेवक थिए, उहाँले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [الأربعون النووية - 13]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जबसम्म कुनै मुस्लिमले आफ्नो भाइको लागि आफूलाई मन पर्ने आज्ञाकारिता अनि दीन र दुनियाँका राम्रा कुराहरू मन पराउँदैन र आफुले घृणा गर्ने कुरा उसको लागि घृणा गर्दैन, तबसम्म उसको ईमान पूर्ण हुन सक्दैन । यदि उसले कुनै मुस्लिम भाइमा धार्मिक कुराहरूमा केही कमीकमजोरी देख्छ भने उसले त्यसलाई सुधार्ने प्रयास गर्नुपर्छ । यदि उसमा कुनै भलाई देख्छ भने त्यसमा उसको साथ र सहयोग गर्नुपर्छ । दीन र दुनियाँका कुराहरूमा राम्रो सल्लाह दिनुपर्छ ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिमले आफ्नो भाइको लागि त्यही रोज्नु अनिवार्य हो, जुन उसले आफ्नो लागि रोजेको छ । किनभने आफ्नो लागि मन पर्ने कुरा आफ्नो भाइलाई मन नपराउने व्यक्ति मुमिन हुन सक्दैन भनिएको छ ।
  2. इस्लामिक दाजुभाइको भाइचारा वंशको दाजुभाइ भन्दा माथि छ, त्यसैले यसको हक धेरै छ ।
  3. यस प्रेम विपरीत सबै कार्यहरू निषेध छन्, जस्तै धोखा, गीबत (चुक्ली), ईर्ष्या र मुस्लिमको जीउधन र इज्जतमाथि आक्रमण गर्नु ।
  4. "केही शब्दहरूको प्रयोगले कार्यप्रतिको प्रेरणा बढाउँछ; जस्तै 'आफ्नो भाइका लागि' भन्ने प्रयोगले स्नेह र उत्तरदायित्वको भावना उत्पन्न गर्छ।"
  5. अल-किरमानीले भनेका छन्: आफुले घृणा गर्ने कुरा आफ्नो भाइको लागि पनि घृणा गर्नु ईमानको अंश हो, तर यसलाई उल्लेख गरिएन; किनकि कुनै चीजलाई माया गर्दा उसको विपरीतलाई घृणा स्वतः हुन्छ, त्यसैले यसलाई उल्लेख गरिएन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (68)
वर्गीकरण
थप