श्रेणी:
+ -

عَنْ أَبِي مُـحَمَّدٍ الحَسَنِ بْنِ عَلِيِّ بْنِ أَبِي طَالِبٍ - سِبْطِ رَسُولِ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ وَرَيْحَانَتِهِ-، قَالَ: حَفِظْتُ مِنْ رَسُولِ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«دَعْ مَا يَرِيبُك إلَى مَا لَا يَرِيبُكَ».

[صحيح] - [رواه الترمذي والنسائي] - [الأربعون النووية: 11]
المزيــد ...

अबू मुहम्मद हसन बिन अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) — जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का नाति र उहाँका प्यारो हुन् — ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो वचन कण्ठस्थ गरेको छु:
"जुन कुरा प्रति तिमीलाई शङ्का छ, त्यसलाई छाडेर त्यो कुरा अपनाउनु जसमा कुनै शङ्का छैन।"

[सही] - [رواه الترمذي والنسائي] - [الأربعون النووية - 11]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ, यदि कुनै वचन वा कार्य हराम (निषेधित) हो वा हलाल (वैध) भन्नेमा शङ्का छ भने, त्यसलाई छाडेर शङ्कारहित कुरालाई अपनाउनु पर्छ, जसको वैधता प्रति मन सन्तुष्ट हुन्छ।

हदीसका केही फाइदाहरू

  1. एउटा मुस्लिमका आफ्ना मामिलाहरू निश्चिततामा आधारित हुनु पर्छ र शंकास्पदहरूलाई त्यागिनु पर्छ र उसको आफ्नो धर्ममा अन्तरदृष्टिमा आधारित हुनु पर्छ ।
  2. शंकामा पर्नबाट मनाहि ।
  3. यदि तपाईं ढुक्क र आनन्दित हुन चाहनुहुन्छ भने, शंका भएका कुराहरू छोड्नु होस् र त्यसलाई एक पट्टीबाट मिल्काइ दिनु होस् ।
  4. अल्लाह तआला आफ्ना भक्तहरू प्रति कृपालु र दयालु हुनु हुन्छ । यस प्रकार कि उहाँले मानिसहरूलाई यस्ता कामहरू गर्ने आदेश दिनु भएको छ जसबाट मन र आत्मालाई शान्ति मिल्छ र यस्ता कामहरूबाट रोक्नु भएको छ जसमा छट्पटी र व्याकुलता हुन्छ ।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई जर्मन पुश्तु असमिया अल्बेनियन् अम्हारिक गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई ताजिक किन्यारवाण्डा हंगेरी चेक الموري कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية
अनुवादहरू हेर्नुहोस्
वर्गीकरण
थप