श्रेणी:
+ -

عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إنَّ اللَّهَ طَيِّبٌ لَا يَقْبَلُ إلَّا طَيِّبًا، وَإِنَّ اللَّهَ أَمَرَ المُؤْمِنِينَ بِمَا أَمَرَ بِهِ المُرْسَلِينَ، فَقَالَ تَعَالَى: {يَا أَيُّهَا الرُّسُلُ كُلُوا مِنْ الطَّيِّبَاتِ وَاعْمَلُوا صَالِحًا}، وَقَالَ تَعَالَى: {يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ} ثُمَّ ذَكَرَ الرَّجُلَ، يُطِيلُ السَّفَرَ، أَشْعَثَ، أَغْبَرَ، يَمُدُّ يَدَيْهِ إلَى السَّمَاءِ: يَا رَبِّ! يَا رَبِّ! وَمَطْعَمُهُ حَرَامٌ، وَمَشْرَبُهُ حَرَامٌ، وَمَلْبَسُهُ حَرَامٌ، وَغُذِيَ بِالحَرَامِ، فَأَنَّى يُسْتَجَابُ لَذلك».

[صحيح] - [رواه مسلم] - [الأربعون النووية: 10]
المزيــد ...

अबू हुरैरह (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो:
"हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभएको छ: "हे रसूल (सन्देशवाहक) हरू! पवित्र कुरा खानुहोस् र सत्कर्म गर्नुहोस्, निश्चय नै, तिमीहरूले जे गर्छौ, म त्यस बारे पूर्ण ज्ञाता छु।" आर्को ठाउँमा भन्नुभएको छ: "हे आस्थावान् हरू! हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरूमध्ये खाऊ।" (अल-बकरा: १७२) त्यसपछि, उहाँले एक यस्तो व्यक्तिको बारेमा बताउनुभयो, जो लामो यात्रामा हुन्छ, उसको कपाल अस्तव्यस्त हुन्छ र शरीर धुलाम्मे हुन्छ। उसले आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु! हे मेरो प्रभु!" तर उसको खानपान हराम (अवैध,वर्जित कुरा) छ, उसको पिउने वस्तु हराम छ, उसको वस्त्र हराम छ र उसको पोषण नै हरामबाट भएको छ भने यस्तो अवस्थामा उसको प्रार्थना कसरी स्वीकार हुन सक्छ?"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [الأربعون النووية - 10]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, अल्लाह पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, वचन र आस्था पनि पवित्र नै स्वीकार गर्नु हुन्छ र जो अल्लाहको खुशी र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुसार गरिएका हुन्छन् । अल्लाहको निकटता यस्तै प्रकारका कर्महरूबाट नै गर्न सकिन्छ, याद रहोस, कर्महरूको पवित्र हुनका लागि सबैभन्दा ठूलो कुरा हो उसको खाना हो र यो वैध (हलाल) होस् । हलाल (वैध) खानाले मान्छेको कर्म पवित्र हुन्छ । यही भएकाले जसरी अल्लाह तआलाले नबीहरूलाई हलाल खानपिन र राम्रा कामहरू गर्नका लागि भन्नु भएको छ, त्यसरी नै इमान वालाहरूका लागि पनि भन्नु भएको छ र अल्लाह तआलाले भन्नु भएको छ: "हे नबी (सन्देष्टाहरू ) हो ! हलाल (वैध) चीजहरू खानु होस् र सत्कर्म गर्नु होस् ।" फेरि भन्नुभयो : "हे इमान वाला हो ! जो पवित्र चिजहरू हामीले तिमीहरूलाई प्रदान गरेका छौँ त्यो खाऊ ।"
फेरि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित चीजहरू खानबाट सावधान गराउनु भएको छ । किनकि हराम खानाले कर्महरूलाई बिगारि दिन्छ र अल्लाहको दरवारमा त्यसलाई स्वीकृत हुनबाट रोक्छ, चाहे जतिसुकै स्वीकृतिको स्पष्ट कारणहरू भेटिऊन् । जस्तै:
१. कुनै सत्कर्म जस्तै हज र जिहाद एवं नाता जोड्नका आदिका निमित्त लामो यात्रा गर्नु ।
२.मान्छे व्याकुल हुनु , जस्तै उसको कपाल छरिएको होस् र धुलो मैलो लागोको होस् , जसका कारण उसको शरिर र कपडाको रङ्ग बदलेको होस् । यो सबै कुरा यसको सबूत हो कि यस्तो मान्छे हैरान र व्याकुल भएको हुन्छ ।
३.दुआका लागि आकाश तिर आफ्ना हातहरू उठाउनु ।
४.अल्लाहका नामहरूलाई माध्यम (वसीला) बनाएर अलाप विलाप गर्दै दुआ गर्नु, जस्तै, या रब, या रब ! (मेरा पालनकर्ता , हे मेरा प्रतिपालक ! ) भन्नु ।
स्वीकारका कारणहरू पाइएता पनि मान्छेको दुआ (प्रार्थाना) कबूल हुँदैन । किनभने उसको खाना हराम (अवैध), उसको पिउनु हराम (अवैध), उसको कपडा हराम (अवैध) को हुन्छ र उसको पोषण पनि हराम अपवित्र कुराबाट भएको हुन्छ । त्यसैका कारण उसको दुआ कबूल हुन नै सक्दैन ।

हदीसका केही फाइदाहरू

  1. अल्लाह तआला आफ्नो अस्तित्व, आफ्ना गुणहरू र आफ्ना कामहरू एवं रूपले आदेशहरूमा पूर्ण हुनु हुन्छ ।
  2. केवल अल्लाहको प्रशन्नता र उहाँका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको तरिका अनुसार कर्महरू गर्ने आदेश ।
  3. यस्ता कारक तत्त्वहरू अपनाउनु जसले कर्महरू गर्नमा हौसला प्रदान गर्दछ। यसको प्रमाण नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथन हो :
  4. अर्थात; "वास्तवमा अल्लाह तआलाले इमान वालाहरूलाई पनि त्यही कुराको आदेश दिनु भएको छ जो कुराको आदेश उहाँले रसूलहरूलाई दिनु भएको छ ।" जब इमान वालालाई यो कुरा थाहा हुन्छ, जो काम उसलाई गर्नका लागि भनिएको छ त्यही काम रसूल (सन्देष्टा) हरूलाई पनि गर्नका लागि भनिएको थियो भने उसभित्र रसूल (सन्देष्टा) हरूको पदचिन्ह पछ्याउँदै कर्म गर्ने भावना पैदा हुन्छ ।
  5. दुआ कबूल हुनबाट रोक्ने कुराहरूमध्ये एउटा हराम (अवैध/अपवित्र) चीज खानु हो ।
  6. दुआ कबुल हुने पाँच चिजहरू छन् । पहिलो: लामो यात्रा गर्नु, किनकि यसमा नम्रता आउँछ जो कबूल हुने ठूलो कारण मध्ये हो । दोस्रो : व्याकुलता । तेस्रो: दुवै हातहरू आकाश तर्फ उठाउनु । चौथो : अल्लाह पालनकर्ता हुनुहुन्छ भन्ने नामलाई बारम्बार दोह्र्याएर माग्नमा लीन हुनु । दुआ कबुल हुनका लागि यो कुरा सबै भन्दा बढी माग भएको छ । पाँचौ: पवित्र खानु र पिउनु ।
  7. काजी (रहिमहुल्लाह) ले भन्नु हुन्छ “'तय्यिब' (पवित्र) को अर्थ 'खबीस' (अशुद्ध) को विपरीत हो। जब 'तय्यिब' शब्द महानतम र सर्वोच्च अल्लाहका लागि प्रयोग हुन्छ, तब यसको तात्पर्य उहाँ सम्पूर्ण दोष एवं अवगुणहरूबाट पवित्र हुनुहुन्छ भन्ने हुन्छ। जब यो कुनै व्यक्ति को लागि प्रयोग हुन्छ, तब यसको अर्थ ऊ खराब आचरण र निन्दनीय कार्यहरूबाट मुक्त भई उत्तम गुणहरूले सुशोभित छ भन्ने हुन्छ। र, जब यो सम्पत्तिका लागि प्रयोग हुन्छ, तब यसको अर्थ त्यो सम्पत्ति हलाल (वैध) एवं उत्कृष्ट कोटीको छ भन्ने हुन्छ।”
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया बंगाली टर्की रशियन बोस्नियाली हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई जर्मन पुश्तु असमिया अल्बेनियन् अम्हारिक गुजराती किर्गिज एल्ड्रेया सर्बियाई ताजिक किन्यारवाण्डा हंगेरी चेक الموري कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية
अनुवादहरू हेर्नुहोस्
वर्गीकरण
थप