+ -

عن أبي ذر رضي الله عنه قال: قال لي النبي صلى الله عليه وسلم:
«لَا تَحْقِرَنَّ مِنَ الْمَعْرُوفِ شَيْئًا، وَلَوْ أَنْ تَلْقَى أَخَاكَ بِوَجْهٍ طَلْقٍ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अबू-जर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"कुनै पनि असल कामलाई कहिले पनि तुच्छ नठान्नुहोस्, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु हो ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले असल काम गर्न र थोरै वा सानो भए पनि राम्रो कामलाई तुच्छ ठान्नु हुँदैन भनेर प्रोत्साहन दिनुभयो, जस्तैः भेट्दा मुस्कुराउनु । तसर्थ, प्रत्येक मुस्लिमले यसमा ध्यान दिनुपर्छ, किनभने यसले प्रेमको भावना र खुशी सृजना गर्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मुस्लिमहरूको बीच आपसी प्रेम र भेट हुँदा मुस्कुराउने महत्व ।
  2. इस्लामी शरीयत एक पूर्ण र व्यापक शरीयत हो । जसमा मुस्लिमहरूको कल्याण, एकता र सद्भाव कायम राख्ने सबै चीजहरू समावेश छन् ।
  3. थोरै भए पनि राम्रो काम गर्न प्रोत्साहन ।
  4. मुस्लिमहरूको हृदयमा खुशी छर्नु मुस्तहब (इच्छा) हो, किनभने यसले आपसी प्रेम सिर्जना गर्छ ।
थप