عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«لَيْسَ الشَّدِيدُ بِالصُّرَعَةِ، إِنَّمَا الشَّدِيدُ الَّذِي يَمْلِكُ نَفْسَهُ عِنْدَ الْغَضَبِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6114]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6114]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तविक बल शारीरिक बल होइन, न त कुस्तीमा प्रतिद्वन्द्व हराउने व्यक्ति वास्तवमा बहादुर हो । वास्तविक बहादुर त्यो हो जसले क्रोधको समयमा आफूसँग लड्छ र विजयी हुन्छ । किनभने यो आफैलाई नियन्त्रणमा राख्ने र शैतानलाई पराजित गर्ने प्रमाण हो ।

हदीसका केही फाइदाहरू

  1. क्रोधको समयमा संयम हुनु र आफूलाई नियन्त्रण गर्नु भनेको इस्लामले प्रेरित गरेको पुण्य का कर्महरू मध्ये एक हो ।
  2. रिसाएको बेला आफुसँग लड्नु शत्रुसँग लड्नु भन्दा गाह्रो हुन्छ ।
  3. इस्लामले इस्लाम पूर्व शक्तिको अवधारणालाई उच्च नैतिकतामा परिवर्तन गरेको छ । इस्लामको नजरमा, सबैभन्दा शक्तिशाली व्यक्ति त्यो हो जसले आफैमाथि नियन्त्रण राख्छ ।
  4. क्रोधबाट टाढा रहनुपर्छ, किनकि यो व्यक्ति र समाज दुवैका लागि हानिकारक हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप