+ -

عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«لَيْسَ الشَّدِيدُ بِالصُّرَعَةِ، إِنَّمَا الشَّدِيدُ الَّذِي يَمْلِكُ نَفْسَهُ عِنْدَ الْغَضَبِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6114]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6114]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तविक बल शारीरिक बल होइन, न त कुस्तीमा प्रतिद्वन्द्व हराउने व्यक्ति वास्तवमा बहादुर हो । वास्तविक बहादुर त्यो हो जसले क्रोधको समयमा आफूसँग लड्छ र विजयी हुन्छ । किनभने यो आफैलाई नियन्त्रणमा राख्ने र शैतानलाई पराजित गर्ने प्रमाण हो ।

हदीसका केही फाइदाहरू

  1. क्रोधको समयमा संयम हुनु र आफूलाई नियन्त्रण गर्नु भनेको इस्लामले प्रेरित गरेको पुण्य का कर्महरू मध्ये एक हो ।
  2. रिसाएको बेला आफुसँग लड्नु शत्रुसँग लड्नु भन्दा गाह्रो हुन्छ ।
  3. इस्लामले इस्लाम पूर्व शक्तिको अवधारणालाई उच्च नैतिकतामा परिवर्तन गरेको छ । इस्लामको नजरमा, सबैभन्दा शक्तिशाली व्यक्ति त्यो हो जसले आफैमाथि नियन्त्रण राख्छ ।
  4. क्रोधबाट टाढा रहनुपर्छ, किनकि यो व्यक्ति र समाज दुवैका लागि हानिकारक हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप