+ -

عن ابنِ عُمَرَ رضي الله عنهما قال: قال رسولُ الله صلَّى الله عليه وسلم:
«مَن تَشَبَّهَ بِقَوْمٍ فَهُوَ مِنْهُمْ».

[حسن] - [رواه أبو داود وأحمد]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले कुनै राष्ट्रको नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"

हसन - अबू दाऊदले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले कुनै अविश्वासी, अवज्ञाकारी वा धर्मी समुदायको आस्था, उपासना वा विशेष रीतिरिवाको नक्कल गर्छ, ऊ ती मानिसहरूमध्ये गनिनेछ । किनभने बाहिरी रूपमा नक्कल गर्नाले तिनीहरूको भित्री रूपमा अनुकरण गर्न जान्छ । कुनै पनि समुदायको नक्कल गर्नु भनेको त्यस समुदायप्रति मानसिक झुकाव, प्रेम र सम्मानको परिणाम हो भन्ने कुरामा कुनै शंका छैन । यसले व्यक्तिलाई भित्री रूपमा पनि अनुकरण गर्न निम्त्याउँछ (अल्लाहको शरण)

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा, काफिर र अवज्ञाकारीहरूको नक्कल गर्न विरुद्ध चेतावनी दिइएको छ ।
  2. धर्मी मानिसहरूको अनुकरण र अनुसरण गर्न प्रेरणा ।
  3. बाहिरी अनुरूपताले भित्री प्रेमलाई निम्त्याउँछ ।
  4. मानिस आफ्नो प्रतिरूप र स्वभाव अनुसार प्रतिज्ञा र पापको हकदार हुनेछ ।
  5. धार्मिक मामिला र विशेष कुराहरूमा काफिरहरूको नक्कल गर्न निषेध गरिएको छ । तर ज्ञान र सीप सिकाउने जस्ता अन्य विषयहरूमा उनीहरूको नक्कल गर्नु यो चेतावनीको दायरा भित्र आउँदैन ।