عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَتَتَّبِعُنَّ سَنَنَ الَّذِينَ مِنْ قَبْلِكُمْ، شِبْرًا بِشِبْرٍ، وَذِرَاعًا بِذِرَاعٍ، حَتَّى لَوْ دَخَلُوا فِي جُحْرِ ضَبٍّ لَاتَّبَعْتُمُوهُمْ» قُلْنَا: يَا رَسُولَ اللهِ آلْيَهُودَ وَالنَّصَارَى؟ قَالَ: «فَمَنْ؟».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2669]
المزيــد ...

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"तिमीहरू पक्कै पनि आफ्नो अगाडिका समुदायहरूलाई पछ्याउनेछौ, बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्नेछौ । यदि तिनीहरू छेपारो जस्तै जन्तु (मरुभूमि स्थलिय सरीसृप) को प्वालमा प्रवेश गरेका थिए भने तिमीहरू पनि त्यसमा प्रवेश गर्नेछौ ।” हामीले भन्यौं: “हे अल्लाहका रसूल, के तपाईंको मतलब यहूदी र ईसाईहरू हुन्?” उहाँले भन्नुभयो: “अनि अरू को हुन् त?”

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2669]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा आफूपछि उहाँका केही अनुयायीहरूको अवस्था कस्तो हुनेछ भनेर बताउनुभएको छ कि उनीहरूले यहूदी र इसाईहरूको आस्था, कार्य, चलन र परम्पराहरूलाई बित्ता-बित्ता र हात-हात पूर्ण अनुसरण गर्नेछन्। यदि तिनीहरू छेपारो जस्तै जन्तु (मरुभूमि स्थलीय सरीसृप) को प्वालमा पसेका थिए भने, तिनीहरू पनि यहूदी र इसाईहरूको अनुसरणमा त्यसै गरी पस्नेछन्।

हदीसका केही फाइदाहरू

  1. यो हदीस उहाँको नबुवत (दुतत्व) को सत्यताको एउटा प्रमाण हो, किनभने उहाँले यो घटना घट्नुभन्दा पहिले नै यसको सूचना दिनुभएको थियो र ठ्याक्कै उहाँले बताउनुभएजस्तै घट्यो।
  2. मुस्लिमहरूको लागि काफिरहरूको आस्था, उपासना, चाडपर्व र तिनीहरूको धार्मिक पोशाक आदिमा नक्कल गर्न निषेध गरिएको छ।
  3. अभौतिक वा मानसिक अवधारणाहरूलाई भौतिक उदाहरण द्वारा स्पष्ट पार्नु इस्लामिक शिक्षणको एक तरिका हो ।
  4. अरबी शब्द 'ज़ब्ब' भनेको एउटा यस्तो जनावर हो, जसको बस्ने प्वाल अत्यन्त अन्धकारमय र दुर्गन्धित हुन्छ। यो घस्रने प्राणीहरू (सरीसृप) को श्रेणीमा पर्छ र मरुभूमिमा प्रशस्त पाइन्छ। 'ज़ब्ब' को प्वाललाई विशेष रूपमा उल्लेख गर्नुको कारण यसको अत्यन्त साँघुरोपन र नराम्रोपन बताउनु हो, त्यसतो हुँदाहुँदै पनि यदि यहूदी र इसाईहरू त्यस जनावरको प्वालमा पसेका थिए भने, मुस्लिम समुदायका केही समुहहरू पनि पक्कै यहूदी र इसाईहरूका पाइलाहरू पछ्याउँदै र तिनका बाटाहरूको अनुसरण गर्दै त्यसै गर्नेछन्!
  5. (अल्लाहसँग नै सहायता मागिन्छ।)
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (53)
थप