+ -

عَنْ أَبِي سَعِيدٍ الْخُدْرِيِّ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَتَتَّبِعُنَّ سَنَنَ الَّذِينَ مِنْ قَبْلِكُمْ، شِبْرًا بِشِبْرٍ، وَذِرَاعًا بِذِرَاعٍ، حَتَّى لَوْ دَخَلُوا فِي جُحْرِ ضَبٍّ لَاتَّبَعْتُمُوهُمْ» قُلْنَا: يَا رَسُولَ اللهِ آلْيَهُودَ وَالنَّصَارَى؟ قَالَ: «فَمَنْ؟».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2669]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"तिमीहरू पक्कै पनि आफ्नो अगाडिका समुदायहरूलाई पछ्याउनेछौ, बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्नेछौ । यदि तिनीहरू छेपारो (सांडा) को प्वालमा प्रवेश गरेका थिए भने तिमीहरू पनि यसमा प्रवेश गर्नेछौ ।” हामीले भन्यौं: हे अल्लाहको रसूल, के तपाईंको मतलब यहूदी र ईसाई हो? उहाँले भन्नुभयो: अरू को त?"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2669]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूपछि उहाँका केही अनुयायीहरूको अवस्था कस्तो हुनेछ भनेर बताउनु हुन्छ; त्यो के हो भने उनीहरूले यहूदी र इसाईहरूको आस्था, कार्य, चलन र परम्पराहरूलाई बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्ने छन् । यदि तिनीहरू छेपारो (सांडा) को प्वालमा पसे भने तिनीहरू तिनीहरूको पछि पस्नेछन् ।

हदीसका केही फाइदाहरू

  1. उहाँले भविष्यमा हुने कुराको बारेमा हुनु अघि खबर दिनुभयो र उहाँले भनिएझैँ भयो ।
  2. मुस्लिमहरूलाई काफिरहरूको आस्था, उपासना, पर्व, तिहार र तिनीहरूको धार्मिक पोशाक आदिमा नक्कल गर्न निषेध गरिएको छ ।
  3. आन्तरिक कुरालाई ठोस उदाहरणले स्पष्ट पार्नु इस्लामिक शिक्षणको एक तरिका हो ।
  4. अरबिक शब्द; 'दब्ब' को अर्थ : छेपारो (सांडा) हो, जुन मरुभूमिमा प्रचुर मात्रामा पाइने एक जनावर हो । जुन प्वालमा यो बस्दछ त्यो अति अन्धकार, साँघुरो र कडा गन्ध हुन्छ । यसका बावजुद यदि तिनीहरू छेपारोको प्वालमा प्रवेश गर्छन् भने मुस्लिमहरुले तिनीहरूका मार्गहरू पछ्याउने छन् ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الماراثية
अनुवादहरू हेर्नुहोस्