+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قال: قال رَسُولُ الله صلى الله عليه وسلم:
«إِنَّ اللهَ يَغَارُ، وَإِنَّ الْمُؤْمِنَ يَغَارُ، وَغَيْرَةُ اللهِ أَنْ يَأْتِيَ الْمُؤْمِنُ مَا حَرَّمَ عَلَيْهِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2761]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निश्चय नै अल्लाहलाई "गैरत" (अर्थात् उहाँलाई आफ्नो सम्मान, आदेश र हराम कुराहरूको उल्लङ्घन प्रिय हुँदैन) हुन्छ र मुमिनलाई पनि गैरत हुन्छ। अल्लाहको गैरत भनेको मोमिनले उहाँले निषेध गरेका कार्यहरूमा संलग्न हुँदा प्रकट हुन्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2761]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तवमा अल्लाहले गैरत (अर्थात् उहाँलाई आफ्नो सम्मान, आदेश र हराम कुराहरूको उल्लङ्घन प्रिय हुँदैन) गर्नुहुन्छ, घृणा गर्नुहुन्छ र केही कुरालाई मन पराउनु हुन्न, जसरी एक मुमिनले गैरत (आत्म-सम्मान) गर्छ, घृणा गर्छ र केही कुरालाई मन पराउदैन । जब कुनै मुमिनले अल्लाहले हराम गर्नुभएको कुरा जस्तै व्यभिचार, समलैंगिकता, चोरी र रक्सी पिउने जस्ता पापहरू गर्छ, तब अल्लाहको गैरत प्रकट हुन्छ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा अल्लाहले निषेध गर्नुभएका कुराहरूलाई उल्लङ्घन गर्दा उहाँको क्रोध र दण्डको भयबाट सजग गराइएको छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप