عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قال: قال رَسُولُ الله صلى الله عليه وسلم:
«إِنَّ اللهَ يَغَارُ، وَإِنَّ الْمُؤْمِنَ يَغَارُ، وَغَيْرَةُ اللهِ أَنْ يَأْتِيَ الْمُؤْمِنُ مَا حَرَّمَ عَلَيْهِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2761]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निश्चय नै अल्लाहलाई "गैरत" (अर्थात् उहाँलाई आफ्नो सम्मान, आदेश र हराम कुराहरूको उल्लङ्घन प्रिय हुँदैन) हुन्छ र मुमिनलाई पनि गैरत हुन्छ। अल्लाहको गैरत भनेको मोमिनले उहाँले निषेध गरेका कार्यहरूमा संलग्न हुँदा प्रकट हुन्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2761]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तवमा अल्लाहले गैरत (अर्थात् उहाँलाई आफ्नो सम्मान, आदेश र हराम कुराहरूको उल्लङ्घन प्रिय हुँदैन) गर्नुहुन्छ, घृणा गर्नुहुन्छ र केही कुरालाई मन पराउनु हुन्न, जसरी एक मुमिनले गैरत (आत्म-सम्मान) गर्छ, घृणा गर्छ र केही कुरालाई मन पराउदैन । जब कुनै मुमिनले अल्लाहले हराम गर्नुभएको कुरा जस्तै व्यभिचार, समलैंगिकता, चोरी र रक्सी पिउने जस्ता पापहरू गर्छ, तब अल्लाहको गैरत प्रकट हुन्छ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा अल्लाहले निषेध गर्नुभएका कुराहरूलाई उल्लङ्घन गर्दा उहाँको क्रोध र दण्डको भयबाट सजग गराइएको छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप