+ -

عن ابن عباس رضي الله عنهما
عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِيمَا يَرْوِي عَنْ رَبِّهِ عَزَّ وَجَلَّ قَالَ: قَالَ: «إِنَّ اللهَ كَتَبَ الْحَسَنَاتِ وَالسَّيِّئَاتِ، ثُمَّ بَيَّنَ ذَلِكَ، فَمَنْ هَمَّ بِحَسَنَةٍ فَلَمْ يَعْمَلْهَا كَتَبَهَا اللهُ لَهُ عِنْدَهُ حَسَنَةً كَامِلَةً، فَإِنْ هُوَ هَمَّ بِهَا فَعَمِلَهَا كَتَبَهَا اللهُ لَهُ عِنْدَهُ عَشْرَ حَسَنَاتٍ إِلَى سَبْعِمِائَةِ ضِعْفٍ، إِلَى أَضْعَافٍ كَثِيرَةٍ، وَمَنْ هَمَّ بِسَيِّئَةٍ فَلَمْ يَعْمَلْهَا كَتَبَهَا اللهُ لَهُ عِنْدَهُ حَسَنَةً كَامِلَةً، فَإِنْ هُوَ هَمَّ بِهَا فَعَمِلَهَا كَتَبَهَا اللهُ لَهُ سَيِّئَةً وَاحِدَةً».

[صحيح] - [متفق عليه]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट अनि उहाँ अल्लाहबाट वर्णन गर्दै हुनुहुन्छ : " साँच्चै, अल्लाहले असल कामहरू र पापहरू लेखिदिनुभएको छ ।" त्यसपछि उहाँले भन्नु भयो: जसले कुनै राम्रो काम गर्न चाहन्छ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक पूर्ण नेकी लेखिदिनुहुन्छ । यदि कसैले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी नेकी लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक नेकी लेखिदिनुहुन्छ र यदि मनसाय अनुसार गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, अल्लाहले असल कामहरू र खराब कामहरू निर्धारण गर्नुभएको छ र त्यसपछि ती कसरी लेख्ने भनेर दुवै फरिशता (स्वर्गदूत) हरूलाई निर्देशन दिनुभएको छ :
जसले राम्रो कर्म गर्ने मनसाय र संकल्प गर्यो, तर गर्न सकेन भने पनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । यदि उसले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी हृदयमा रहेको इमान्दारिता र यस कार्यबाट अरूलाई हुने लाभको आधारमा नेकी (पुण्य) लेखिन्छ ।
जसले नराम्रो काम गर्ने दृढतापूर्वक मनसाय राख्यो तर अल्लाहको लागि छोड्यो, उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । तर यदि उसले चासोको अभावमा छोडियो वा यसको स्रोतसाधनलाई बेवास्ता गर्यो भने केही लेखिने छैन । तर क्षमताको कमीले गर्दा छोड्छ भने उसको मनसाय विरुद्ध लेखिन्छ र यदि उसले गर्छ भने, उसको खातामा एक पाप लेखिन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस उम्मत (समुदाय) प्रति अल्लाहको ठूलो आशीर्वाद, उहाँले असल र राम्रो कर्महरूको प्रचुर मात्रामा इनाम दिनुहुन्छ र यसलाई आफ्नो अभिलेखमा रेकर्ड गर्नुहुन्छ । तर नराम्रो कर्मको बदला बढाएर लेख्नुहुन्न ।
  2. कर्महरूमा नियतको महत्त्व र त्यसको प्रभाव ।
  3. यो अल्लाहको कृपा र अनुग्रह हो, जसले राम्रो कर्म गर्ने संकल्प गर्यो, तर गर्न सकेन तैपनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ ।
थप