عن شداد بن أوس رضي الله عنه قال: ثِنْتَانِ حَفِظْتُهُمَا عَنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِنَّ اللهَ كَتَبَ الْإِحْسَانَ عَلَى كُلِّ شَيْءٍ، فَإِذَا قَتَلْتُمْ فَأَحْسِنُوا الْقِتْلَةَ، وَإِذَا ذَبَحْتُمْ فَأَحْسِنُوا الذَّبْحَ، وَلْيُحِدَّ أَحَدُكُمْ شَفْرَتَهُ، فَلْيُرِحْ ذَبِيحَتَهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1955]
المزيــد ...

शद्दाद बिन औस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दुइटा कुरा सिकेर सुरक्षित राखेको छु :
"अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई मार्छौ (मृत्युदण्ड आदिको लागि) तब त्यसलाई राम्रो तरिकाले मार र जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर र जनावरलाई वध गर्दा पहिला आफ्नो चक्कु धारिलो बनाउनुपर्छ र मारिने जनावरलाई राहत दिनुपर्छ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1955]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। इहसान (परोपकार) भनेको तपाईंले गर्नुहुने हरेक काममा अल्लाहलाई सधैं मनमा राख्नु हो । अल्लाहको उपासना गर्दा, पुण्य कर्म गर्दा र मानिसहरूलाई दुःखबाट बचाउँदा पनि । त्यसैगरी यसमा हत्या र वध गर्दा समेत दयालु हुनु पनि समावेश छ ।
किसास (बदला) को रुपमा हत्या गर्दा दयालु हुनु भनेको हत्याको लागि सबैभन्दा सजिलो, हल्का र छिटो बाटो रोज्नु हो ।
वध गर्दा पशुप्रति दयालु हुनु भनेको हतियार धारिलो बनाउनु, जनावरको आँखा अगाडि हतियारको धार नलगाउनु र एउटा पशुलाई अर्को जनावरको अगाडि वध न गर्नु हो ।

हदीसका केही फाइदाहरू

  1. सृष्टिप्रति अल्लाहको कृपा र दया ।
  2. मृत्युदण्ड दिँदा वा पशु वध गर्दा शरीयतले तोकेको तरिका अनुसार गर्नु नै सदव्यवहार हो ।
  3. इस्लामी शरियत एक सम्पूर्ण जीवन व्यवस्था हो र यसमा सबै प्रकारका भलाइहरू समावेश गरिएका छन्, जसको उदाहरण जनावरप्रति दया हो ।
  4. मानिसको हत्या गरेपछि शरीरका अंग टुक्रा-टुक्रा गरी विच्छेदन गर्न निषेध गरिएको छ ।
  5. जनावरलाई यातना दिने हरेक काम हराम हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (66)
थप