+ -

عَنْ أَبِي مُوسَى رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِنَّ اللهَ عَزَّ وَجَلَّ يَبْسُطُ يَدَهُ بِاللَّيْلِ لِيَتُوبَ مُسِيءُ النَّهَارِ، وَيَبْسُطُ يَدَهُ بِالنَّهَارِ لِيَتُوبَ مُسِيءُ اللَّيْلِ، حَتَّى تَطْلُعَ الشَّمْسُ مِنْ مَغْرِبِهَا».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2759]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहले रातमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेले पश्चात्ताप गरून् र दिनमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेले पश्चात्ताप गरून्, जबसम्म सूर्य पश्चिमबाट उदाउछँ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2759]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले आफ्नो दासको तौबा (पश्चात्ताप) स्वीकार गर्नुहुन्छ । यदि कुनै दासले दिनमा पाप गर्छ र रातमा पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ र यदि उसले रातमा पाप गर्छ र दिनमा पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ । उहाँ तौबा (पश्चात्ताप) स्वीकार गर्न खुशीका साथ आफ्नो हात फैलाउनुहुन्छ । जबसम्म सूर्य पश्चिमबाट उठाउँदैन, तबसम्म पश्चात्तापको ढोका खुला रहनेछ, किनभने पश्चिमबाट सूर्य उदाउनु भनेको पश्चातापको ढोका बन्द हुनु र संसारको अन्त्य हुनुको संकेत हो ।

हदीसका केही फाइदाहरू

  1. जबसम्म पश्चात्तापको ढोका खुला हुन्छ, तौबा स्वीकार गर्ने प्रक्रिया जारी रहन्छ अनि सूर्य पश्चिमबाट उदाएपछि पश्चात्तापको ढोका बन्द हुनेछ । साथै, रूह (आत्मा) हलकुम (घाँटी) मा पुग्दा यसको ढोका बन्द हुन्छ, त्यसैले मानिसले यो भन्दा अघि पश्चात्ताप गर्नुपर्छ ।
  2. पापको कारणले निराश हुनुहुँदैन । किनभने अल्लाहको क्षमा र कृपा अति विशाल छ र पश्चात्तापको ढोका खुला छ ।
  3. पश्चात्तापका लागि शर्तहरू: पहिलो: पाप त्याग्नु, दोस्रो: पाप गरेपछि पछुताउनु र तेस्रो: फेरि पाप नगर्ने संकल्प गर्नु । यो यदि सर्वशक्तिमान ईश्वरको अधिकारसँग सम्बन्धित छ भने, तर जनताको अधिकारसँग सम्बन्धित छ भने त्यो अधिकार मालिकलाई फिर्ता गर्नुपर्छ वा अधिकारको मालिकले माफी दिनु पर्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप