عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَيُّهَا النَّاسُ، إِنَّ اللهَ طَيِّبٌ لَا يَقْبَلُ إِلَّا طَيِّبًا، وَإِنَّ اللهَ أَمَرَ الْمُؤْمِنِينَ بِمَا أَمَرَ بِهِ الْمُرْسَلِينَ، فَقَالَ: {يَا أَيُّهَا الرُّسُلُ كُلُوا مِنَ الطَّيِّبَاتِ وَاعْمَلُوا صَالِحًا، إِنِّي بِمَا تَعْمَلُونَ عَلِيمٌ} [المؤمنون: 51] وَقَالَ: {يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ} [البقرة: 172] ثُمَّ ذَكَرَ الرَّجُلَ يُطِيلُ السَّفَرَ أَشْعَثَ أَغْبَرَ، يَمُدُّ يَدَيْهِ إِلَى السَّمَاءِ: يَا رَبِّ، يَا رَبِّ، وَمَطْعَمُهُ حَرَامٌ، وَمَشْرَبُهُ حَرَامٌ، وَمَلْبَسُهُ حَرَامٌ، وَغُذِيَ بِالْحَرَامِ، فَأَنَّى يُسْتَجَابُ لِذَلِكَ؟».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1015]
المزيــد ...
अबू हुरैरह (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो:
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभयो:
{हे रसूल (सन्देष्टाहरू) हो, पवित्र चिजहरू खाऊ र सत्कर्म गर, निस्सन्देह, तपाईँहरू जे गर्नु हुन्छ म सबै जान्दछु।} (अल-मुमिनुन: ५१)
उहाँले भन्नुभयो: {हे इमान वालाहरू हो, हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरू मध्ये खाऊ। [अल-बकारा: 172]
त्यसपछि उहाँले एक व्यक्तिको बारेमा उल्लेख गर्नुभयो, जो लामो यात्रामा हुन्छ, उसका कपाल अस्तव्यस्त र शरीर धूलोले भरिएको हुन्छ। ऊ आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु, हे मेरो प्रभु!" तर उसको खानपान हराम छ, उसको पिउने चीज हराम छ, उसको लुगा हराम छ र उसको शरीर हरामबाट पोषित छ। यस्तो अवस्थामा, उसको दुआ कसरी स्वीकार गरिन्छ ?
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1015]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, अल्लाह पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, वचन र आस्था पनि पवित्र नै स्वीकार गर्नु हुन्छ र जो अल्लाहको खुशी र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुसार गरिएका हुन्छन् । अल्लाहको निकटता यस्तै प्रकारका कर्महरूबाट नै गर्न सकिन्छ, याद रहोस, कर्महरूको पवित्र हुनका लागि सबैभन्दा ठूलो कुरा हो उसको खाना हो र यो वैध (हलाल) होस् । हलाल (वैध) खानाले मान्छेको कर्म पवित्र हुन्छ । यही भएकाले जसरी अल्लाह तआलाले नबीहरूलाई हलाल खानपिन र राम्रा कामहरू गर्नका लागि भन्नु भएको छ, त्यसरी नै इमान वालाहरूका लागि पनि भन्नु भएको छ र अल्लाह तआलाले भन्नु भएको छ: "हे नबी (सन्देष्टाहरू ) हो ! हलाल (वैध) चीजहरू खानु होस् र सत्कर्म गर्नु होस् ।" फेरि भन्नुभयो : "हे इमान वाला हो ! जो पवित्र चिजहरू हामीले तिमीहरूलाई प्रदान गरेका छौँ त्यो खाऊ ।"
फेरि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित चीजहरू खानबाट सावधान गराउनु भएको छ । किनकि हराम खानाले कर्महरूलाई बिगारि दिन्छ र अल्लाहको दरवारमा त्यसलाई स्वीकृत हुनबाट रोक्छ, चाहे जतिसुकै स्वीकृतिको स्पष्ट कारणहरू भेटिऊन् । जस्तै:
१. कुनै सत्कर्म जस्तै हज र जिहाद एवं नाता जोड्नका आदिका निमित्त लामो यात्रा गर्नु ।
२.मान्छे व्याकुल हुनु , जस्तै उसको कपाल छरिएको होस् र धुलो मैलो लागोको होस् , जसका कारण उसको शरिर र कपडाको रङ्ग बदलेको होस् । यो सबै कुरा यसको सबूत हो कि यस्तो मान्छे हैरान र व्याकुल भएको हुन्छ ।
३.दुआका लागि आकाश तिर आफ्ना हातहरू उठाउनु ।
४.अल्लाहका नामहरूलाई माध्यम (वसीला) बनाएर अलाप विलाप गर्दै दुआ गर्नु, जस्तै, या रब, या रब ! (मेरा पालनकर्ता , हे मेरा प्रतिपालक ! ) भन्नु ।
स्वीकारका कारणहरू पाइएता पनि मान्छेको दुआ (प्रार्थाना) कबूल हुँदैन । किनभने उसको खाना हराम (अवैध), उसको पिउनु हराम (अवैध), उसको कपडा हराम (अवैध) को हुन्छ र उसको पोषण पनि हराम अपवित्र कुराबाट भएको हुन्छ । त्यसैका कारण उसको दुआ कबूल हुन नै सक्दैन ।