عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَيُّهَا النَّاسُ، إِنَّ اللهَ طَيِّبٌ لَا يَقْبَلُ إِلَّا طَيِّبًا، وَإِنَّ اللهَ أَمَرَ الْمُؤْمِنِينَ بِمَا أَمَرَ بِهِ الْمُرْسَلِينَ، فَقَالَ: {يَا أَيُّهَا الرُّسُلُ كُلُوا مِنَ الطَّيِّبَاتِ وَاعْمَلُوا صَالِحًا، إِنِّي بِمَا تَعْمَلُونَ عَلِيمٌ} [المؤمنون: 51] وَقَالَ: {يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ} [البقرة: 172] ثُمَّ ذَكَرَ الرَّجُلَ يُطِيلُ السَّفَرَ أَشْعَثَ أَغْبَرَ، يَمُدُّ يَدَيْهِ إِلَى السَّمَاءِ: يَا رَبِّ، يَا رَبِّ، وَمَطْعَمُهُ حَرَامٌ، وَمَشْرَبُهُ حَرَامٌ، وَمَلْبَسُهُ حَرَامٌ، وَغُذِيَ بِالْحَرَامِ، فَأَنَّى يُسْتَجَابُ لِذَلِكَ؟».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1015]
المزيــد ...

अबू हुरैरह (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो:
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभयो: {हे रसूल (सन्देष्टाहरू) हो, पवित्र चिजहरू खाऊ र सत्कर्म गर, निस्सन्देह, तपाईँहरू जे गर्नु हुन्छ म सबै जान्दछु।} (अल-मुमिनुन: ५१) उहाँले भन्नुभयो: {हे इमान वालाहरू हो, हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरू मध्ये खाऊ। [अल-बकारा: 172] त्यसपछि उहाँले एक व्यक्तिको बारेमा उल्लेख गर्नुभयो, जो लामो यात्रामा हुन्छ, उसका कपाल अस्तव्यस्त र शरीर धूलोले भरिएको हुन्छ। ऊ आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु, हे मेरो प्रभु!" तर उसको खानपान हराम छ, उसको पिउने चीज हराम छ, उसको लुगा हराम छ र उसको शरीर हरामबाट पोषित छ। यस्तो अवस्थामा, उसको दुआ कसरी स्वीकार गरिन्छ ?

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1015]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, अल्लाह पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, वचन र आस्था पनि पवित्र नै स्वीकार गर्नु हुन्छ र जो अल्लाहको खुशी र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुसार गरिएका हुन्छन् । अल्लाहको निकटता यस्तै प्रकारका कर्महरूबाट नै गर्न सकिन्छ, याद रहोस, कर्महरूको पवित्र हुनका लागि सबैभन्दा ठूलो कुरा हो उसको खाना हो र यो वैध (हलाल) होस् । हलाल (वैध) खानाले मान्छेको कर्म पवित्र हुन्छ । यही भएकाले जसरी अल्लाह तआलाले नबीहरूलाई हलाल खानपिन र राम्रा कामहरू गर्नका लागि भन्नु भएको छ, त्यसरी नै इमान वालाहरूका लागि पनि भन्नु भएको छ र अल्लाह तआलाले भन्नु भएको छ: "हे नबी (सन्देष्टाहरू ) हो ! हलाल (वैध) चीजहरू खानु होस् र सत्कर्म गर्नु होस् ।" फेरि भन्नुभयो : "हे इमान वाला हो ! जो पवित्र चिजहरू हामीले तिमीहरूलाई प्रदान गरेका छौँ त्यो खाऊ ।"
फेरि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित चीजहरू खानबाट सावधान गराउनु भएको छ । किनकि हराम खानाले कर्महरूलाई बिगारि दिन्छ र अल्लाहको दरवारमा त्यसलाई स्वीकृत हुनबाट रोक्छ, चाहे जतिसुकै स्वीकृतिको स्पष्ट कारणहरू भेटिऊन् । जस्तै:
१. कुनै सत्कर्म जस्तै हज र जिहाद एवं नाता जोड्नका आदिका निमित्त लामो यात्रा गर्नु ।
२.मान्छे व्याकुल हुनु , जस्तै उसको कपाल छरिएको होस् र धुलो मैलो लागोको होस् , जसका कारण उसको शरिर र कपडाको रङ्ग बदलेको होस् । यो सबै कुरा यसको सबूत हो कि यस्तो मान्छे हैरान र व्याकुल भएको हुन्छ ।
३.दुआका लागि आकाश तिर आफ्ना हातहरू उठाउनु ।
४.अल्लाहका नामहरूलाई माध्यम (वसीला) बनाएर अलाप विलाप गर्दै दुआ गर्नु, जस्तै, या रब, या रब ! (मेरा पालनकर्ता , हे मेरा प्रतिपालक ! ) भन्नु ।
स्वीकारका कारणहरू पाइएता पनि मान्छेको दुआ (प्रार्थाना) कबूल हुँदैन । किनभने उसको खाना हराम (अवैध), उसको पिउनु हराम (अवैध), उसको कपडा हराम (अवैध) को हुन्छ र उसको पोषण पनि हराम अपवित्र कुराबाट भएको हुन्छ । त्यसैका कारण उसको दुआ कबूल हुन नै सक्दैन ।

हदीसका केही फाइदाहरू

  1. अल्लाह तआला आफ्नो अस्तित्व, आफ्ना गुणहरू र आफ्ना कामहरू एवं रूपले आदेशहरूमा पूर्ण हुनु हुन्छ ।
  2. केवल अल्लाहको प्रशन्नता र उहाँका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको तरिका अनुसार कर्महरू गर्ने आदेश ।
  3. यस्ता कारक तत्त्वहरू अपनाउनु जसले कर्महरू गर्नमा हौसला प्रदान गर्दछ। यसको प्रमाण नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथन हो :
  4. अर्थात; "वास्तवमा अल्लाह तआलाले इमान वालाहरूलाई पनि त्यही कुराको आदेश दिनु भएको छ जो कुराको आदेश उहाँले रसूलहरूलाई दिनु भएको छ ।" जब इमान वालालाई यो कुरा थाहा हुन्छ, जो काम उसलाई गर्नका लागि भनिएको छ त्यही काम रसूल (सन्देष्टा) हरूलाई पनि गर्नका लागि भनिएको थियो भने उसभित्र रसूल (सन्देष्टा) हरूको पदचिन्ह पछ्याउँदै कर्म गर्ने भावना पैदा हुन्छ ।
  5. दुआ कबूल हुनबाट रोक्ने कुराहरूमध्ये एउटा हराम (अवैध/अपवित्र) चीज खानु हो ।
  6. दुआ कबुल हुने पाँच चिजहरू छन् । पहिलो: लामो यात्रा गर्नु, किनकि यसमा नम्रता आउँछ जो कबूल हुने ठूलो कारण मध्ये हो । दोस्रो : व्याकुलता । तेस्रो: दुवै हातहरू आकाश तर्फ उठाउनु । चौथो : अल्लाह पालनकर्ता हुनुहुन्छ भन्ने नामलाई बारम्बार दोह्र्याएर माग्नमा लीन हुनु । दुआ कबुल हुनका लागि यो कुरा सबै भन्दा बढी माग भएको छ । पाँचौ: पवित्र खानु र पिउनु ।
  7. हलाल खानु भनेको सत्कर्महरू गर्नका लागि सहयोगी हुने कारक हो ।
  8. काजी (रहिमहुल्लाह) भन्नु हुन्छ: चोखो भनेको फोहोरको विपरीत हो । जब अल्लाह तआलाले यसको खुबी बताउनु भयो भने यो खोटबाट र समस्याहरूबाट बचेको हुनु पर्छ र यदि यो खुबीलाई भक्तका साथ जोडिएको खण्डमा खराब गुण र घिनलाग्दा कामहरूबाट बचेको र त्यसको विपरीत गुणहरूको साथ सजिएको हुनु पर्छ र यदि यसलाई धनसँग सम्बन्धित रूपमा वर्णन गरिएको छ भने यसले (हलाल) चोखो धन जनाउँछ।"
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (55)
थप