+ -

عن النُّعمان بن بَشير رضي الله عنه قال: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ -وَأَهْوَى النُّعْمَانُ بِإِصْبَعَيْهِ إِلَى أُذُنَيْهِ-:
«إِنَّ الْحَلَالَ بَيِّنٌ وَإِنَّ الْحَرَامَ بَيِّنٌ، وَبَيْنَهُمَا مُشْتَبِهَاتٌ لَا يَعْلَمُهُنَّ كَثِيرٌ مِنَ النَّاسِ، فَمَنِ اتَّقَى الشُّبُهَاتِ اسْتَبْرَأَ لِدِينِهِ وَعِرْضِهِ، وَمَنْ وَقَعَ فِي الشُّبُهَاتِ وَقَعَ فِي الْحَرَامِ، كَالرَّاعِي يَرْعَى حَوْلَ الْحِمَى يُوشِكُ أَنْ يَرْتَعَ فِيهِ، أَلَا وَإِنَّ لِكُلِّ مَلِكٍ حِمًى، أَلَا وَإِنَّ حِمَى اللهِ مَحَارِمُهُ، أَلَا وَإِنَّ فِي الْجَسَدِ مُضْغَةً، إِذَا صَلَحَتْ صَلَحَ الْجَسَدُ كُلُّهُ، وَإِذَا فَسَدَتْ فَسَدَ الْجَسَدُ كُلُّهُ، أَلَا وَهِيَ الْقَلْبُ».

[صحيح] - [متفق عليه]
المزيــد ...

नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, (यो भनिरहँदा नोअ्मानले आफ्ना दुई औंलाहरू आफ्नो कानतिर उठाए) :
"हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन । तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छ (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) चीजहरूको बारेमा एक सरल सिद्धान्त र सामान्य नियम बताउदै हुनुहुन्छ । शरियतमा तीन प्रकारका चीजहरू छन्; स्पष्ट रूपमा हलाल चीजहरू, स्पष्ट रूपमा हराम चीजहरू र संदिग्ध चीजहरू; जसको हलाल वा हराम स्पष्ट छैन र धेरै मानिसहरूलाई यसको नियम बारे थाहा छैन ।
यस्तो अवस्थामा जसले यी संदिग्ध र अस्पष्ट चीजहरूलाई त्याग्छ, उसको धर्म निषेधित चीजहरूमा पर्नबाट सुरक्षित हुनेछ र यस शंकास्पद कुरामा संलग्न भएको कारणले उसको इज्जत र प्रतिष्ठा पनि मानिसहरूको आलोचनाबाट सुरक्षित हुनेछ । बरु, जो यी संदिग्ध र अस्पष्ट कुराहरूबाट टाढा रहँदैन, उसले या त निषेधित कुरामा फस्न वा मानिसहरूको आलोचनाको सामना गर्न आफूलाई अगाडि बढायो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संदिग्ध कार्य गर्नेहरूको अवस्था व्याख्या गर्न एउटा उदाहरण दिनुभयो र भन्नुभयो, यस्तो व्यक्तिको उदाहरण गोठालो जस्तै हो जसले कसैको सुरक्षित चरन नजिक आफ्नो गाईवस्तु चराउने गर्छ । यस्तो अवस्थामा संरक्षित चरन नजिकै चर्ने भएकाले उनको जनावर सुरक्षित चरनमा गएर चरन थाल्ने सम्भावना छ । त्यसैगरी शंकास्पद कार्य गर्ने व्यक्ति आफ्नो कर्मको कारणले हरामको नजिक हुँदै जान्छ र उसलाई हरममा पर्न सम्भावना हुन्छ । त्यस पछि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मानव शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अस्पष्ट चीज र शंकास्पद वस्तुहरू त्याग्न प्रोत्साहन ।
थप